काठमाडौं । झमक्कै साँझ पर्दै थियो . म ओकेंगको उकालोमा थिए | डाँडाका क्याप्टेन साबको घरमा साँझ बास बस्ने तयारी छ | बर्गीय समानताको नारा बोकेको प्रजातान्त्रिक पार्टीको कार्य जिम्मेवारीमा छु | तल्लो डाँडा नेर आउदा एउटा केटीसंग भेट भो, सोंधे“ ओ... चेली क्याप्टेन साबको घर कुन हो ? उसले हाँस्दै सोधी , कुन क्याप्टेन भनेको तपाईले?
इन्डियन गोर्खा राइफलको |
ए,, टयोट हाम्रै बाजे हो | बरु बाजे फक्सिंग जाने भन्दैथे, उसले हासेर भनि | का ट आनोको ट टपाईहरु ? उसले सोधी| हैन पार्टीको कामले आ’को | मैले भने |
उसले घरमा पुराई | बाजे रहिनछन भनि | भित्र पसेर केही बेरमा लुंगी र टि- सर्ट मा बाहिर निस्की |
सिल्टीको बटुकामा भरि अर्नीले स्वागत गरी | तीन तिर पाली हालेको घर , ढुंगेतगारो आँगनमा चरिरहेका कुखुराहरु | साच्चिकै राम्रो थियो घर |
ल लिनुस डाई,, भन्दै म तिर तेर्साइ | चेलीखान्न नि मैले त | मैले यसो भनिनसक्दै बिमलले एक डबका सकी अर्को डबकाको प्रतिक्षामा थियो |
आँखा चिम्म पार्दै भन्यो “ बहिनी अरु पनि छ ? आ,,,,, कस्तो डाई धेरै खानु हुन्न | उसले भनि |
मैले नि रोके उसलाई , अनि आफु पनि रोकियो | सोंधे“ कतिमा पढ़छेउ? नौ मा डाई | जीबन उद्धार मा. बी. मा पद्छु |
साँझ क्याप्टेन सा’ब आउनु भो | ओहो नेटा जी जय नेपाल है |
म’ट क्षेमाको सराध्ये भनिर लमकारा गाको भाइ भदाले आनै डेनन भन्या | भन्दै सम्हालिदै बसे |
मालिक आयो भनेर होला, कुखुराको भाले नजिकै आएर बास्यो | पोंथी कु कु गर्दै थियो | बुढा गर्जिए | “ ओए भुनी काँ मुन्टिस, कुखुरा धुममा हाल | पाहुना आइछन ख्याल छैन , के गरेर घर गरि खान्चेस हो ,,, तैंले?
भुनी बाहिर निस्किएर कुखुरा धुममा थुनी | अनि भन्दि थिई “ दुध खाने डाई? अंह नखाने | क्याप्टेन सा’ब जोशमा कुर्लिए | ए,,,, टुप्पी बा’न मगरको मा आइसी , पनि के दुध खा, कि जाँर खा.....
ल ल क्याप्टेन सा’ब दुध खाम तर बिमल नाक र आँखालाई एकै ठाउमा पार्न खोज्दै थियो |
भुनीले फेरी दुईटा बटुकामा दुध ल्याएर दिई | भुनीलाई हेरे, ऊ मस्त थिई , लजाउदै हेरे अनि खुर्रर भित्र दगुरी | सोमरसले लट्ठीएका क्याप्टेन सा’ब भित्र बाहिर गर्दै थिए|
राजनीतिका कुनै कुरा, आउनुको उदेश्य बारे उनि बेखबर थिए | तीनतले घरमा नातिनी र बाजे मात्रै थिए | ढोकाको माथि झुण्डाइएका लाहुरे फोटाले हाम्रो पुरुषार्थलाइ गिज्जाई रहेको जस्तो भान हुन्थ्यो |
भुनी भित्रैबाट चिच्याई “ ओ डाई पाराको मासु चल्छ कि नाइँ ? बिमलले हाँसेर भन्यो “ ज्युदो भए पो चल्छ मरेको के चल्छ | ऊ हाँसी मात्र , बोलिन केहि मैले भने “ नानु शुद्ध साकाहारी बनाउ |”क्याप्टेन सा’ब ले उही पुरानै कुरा दोहोराए | पार्टी खत्तम भो, नेटा सामन्टि भए, गरिबको आँशु पुछिनन, बि पी बाबुको कालो टोपी गण्डकी मै बगाउने भए | लठ्ठीएका क्याप्टेनसंग तर्क बितर्क आवश्यक नठानी मौन रहे म |
बाजे, खान आउ अब , भित्रै बाट भुनी चिच्याई | चुलोमा पुग्दा बांकोको सिन्की, टिमुर र खुर्सानीको अचार, आटो थालमा पस्किएको थियो | मलाईभने सिलौटको थालमा बिमल भने स्टिलको थालमा अलिअँध्यारोमा बसेकोले भने क्याप्टेनको थाल देखिएन |
क्याप्टेन भन्दै थिए “ जहानलाई तल घुमाउनी लगेर छोडेसी सांचिकै एक्लिएको छु | बुहारी थिई बुहारी पनि सासु भन्दा अघि नै घुमाउनी पुगी | यसको बाउ कँहा छ , थाहा नै छैन कतिले सेनाले लग्यो भन्छ , कतिले हतियार धारी जतथाले लग्यो भन्छ के गर्नु | बूढा भन्दै गए खाना खाएर उम्कियौ हामी | खाना खाइसकेर बुढा दुम्सी हेर्न भनेर बारीमा गए , हामी पालीको बिस्तारामा पल्टीयौ |
भुनीले भाडा माझिवरी किताब हेर्न भ्याइसकेकी थिई | सोलारको उज्यालोमा पालीबाट नै बिमल घोरिरहेको थियो , उसलाई हेर्न | केहि बेरमा ढोका को पलेटो लगाई उसले अनि भनि बाजे पानी महीरी मा छ है | बिहान उठ्दा बुढाले घरको काम सकेर डबका हानेर बसेका |
बिहानीको प्रशिक्षणमा फ्याट फूट मान्छे आउन् लागे, पुरण, तुलबहादुर, लिला, ज्याकहरु आइसकेका थिए | प्रशिक्षण सकियो सबैले सबैलाई धन्यबाद दिए | पार्टीका केहि साथीहरु साँझ क्याप्टेन सा’बको मा बस्ने कुरा भयो | साँझ रोधी बसाइयो | गाउँको क्लबले रोधी चलायो ब्यापक रमाइलो भो | बिमल खुब नाच्यो, हिजो क्याप्टेनसंग जिस्किएको भाले आज कराईमा जिस्किदै थियो | भुनी आँफै आएर तानी मलाई संगै नाचम भनेर | म नाचिन किनकी मलाई केटीसंग नाच्न अल्ली नै लाज लाग्छ | ननाची सुखै पाईन,गीत गाई भुनिले “मेरो मुया नलजाउ येसरी ,, भित्र भित्र मन रुन्छ बेसरी ...... “ सबैजना नाचे |
ऊ र म बस्यौ | लाग्थ्यो भुनीले एक बटुको लगाइसकी | छ्या नि कस्तो लजाको नेटा भईर नि उसले भनि | म हाँसे मात्र् |
सोधे उसलाई कस्तो नाम राखेको भुनी हा हा हा हा | आ... हैन के बाजेले भन्न नजानेर हो नि मेरो नाम त भुमि हो | जिस्काउदै भने फेरी भुनी भनेको त सुंगुरको पाठी हा हा हा हा | उसले प्याट्ट हानी | शरीरमा करेन्ट लागेझै भो खंग्रगै भए | अरु रोधीमा ब्यस्त भुनी र म कुरामा ब्यस्त ।
उसले दु:खका कुरा सुनाई | भन्दैगई आफु सुंगुरको खोरमा जन्मेको त्यहि भएर उसको नाम भुनी राखेको । आफु जन्मदाको दिन नै आमा बितेको, बजैले पालेको हुर्काएको, बाबालाई खै राति आएर हतियारधारीले सुराकीको आरोपमा लगेको, अझसम्म लापत्ता कुनै खबर छैन, सबैको आमा टोकाई भन्ने आरोप छ। माया भन्ने कुनै कुरा बुझ्न नपाएकी म अभागी छु । लगायतका धेरै कुराहरु भए तर कुनै योजना बिना लाग्यो मान्छे पनि खान नपाउदा हरियो ठाउँ देख्दा नि पानी झैँ सम्जेर दगुर्छ त्यस्तै मान्छे पनि माया पाउन सकेन भने मायाको खोजीमा भौतारिदो रहेछ सोच्छु हजुर बाबाको क्याप्टेनको पेन्सन त्यत्रो अथाह सम्पती । तर त्यो तुच्छ भयो किनकि उसले माया कसैबाट पाउन सकिन |
मैले भने चेली बिहे गर यसरी नबस, डिप्रेसन होला । एकदिन बिहे गर्नु छँदैछ | फिस्स हासी र भनि दाइ गर्दिन एस.एल.सी. पास गरेर मात्र गर्छु | रोधी उठ्ने बेला भो उसले चिमोटी मात्र केहि बोलिन | आँगनमा ओच्छाएका गुन्द्रा उठाउन थाले सबैले | प्राय: सबै फिलिली रेलीमै थिए | खोजे बिमललाई ऊ पर कुनामा थियो चम्पीसंग गफ गर्दै थियो | बोलाएर सुत्न पठाइदिए गयो | म र क्याप्टेन साब संगै सुत्नगयौ |
बिहान उठेर सबै आफ्नो आफ्नो गन्तव्यमा पुग्नुपर्ने बाध्यता थियो | तल पुर्तिघाट बजारमा पुगेर म बसेँ | स्कुलमा सानो काम थियो | अनि ऊ झरी तल ढकालको गोठनेर बसेर उसलाई हेरीरहे नजिकै आएर भनि“दाइ अन्तिममा ९२ भएको तपाइँको नम्बर हो?”
“हो | किन?” मैले भने यसो सम्झिन मन लागे भनेर नि | सहि कुरो मैले भने | ऊ हास्दै गई | हेरिरहे उज्यालोमा बल्ल राम्ररी देखे |
झोला गह्रुङ्गो लाग्यो, खोतलेर हेरे | त्यहाँ त टिमुर, भेडे खुर्सानी, बाँकोको सिन्की थियो | साथमा मगर चिनोजाले रुमाल | सोंचे साँझ खोज्दै थिई झोला , पक्कै उसैले राखिदेको हुनुपर्छ | घर आएँ, घरमा सबै रिसाएका छन् | सबैलाई राजनीतिको बितृष्णा छ |
साँझ फेरी मोबाइलमा क्याप्टेन सा’ब को फोन आयो | फोननम्बर क्याप्टेन बुडाको तर स्वर भुनीको थियो | सामान्य कुराकानी पछि राखिदिएँ फोन | अनि ऊ संगको भलाकुसारी पछि मन छचल्कियो |
झन्डै एक महिना पछी फेरी फोन आयो | भुनीले रुन्चे आवाजमा भनि “ डाई बाजेलाई मिसन हस्पिटल पाल्पा ल्याएको छ | लाग्यो बुडा सिरियस नै छन् |
आजकल बिमल र मेरो त्यति राम्रो सम्बन्ध छैन | खै के कारण हो बुज्या छैन मैले नि | उसले मलाई दोष देखाउँछ अनि म उसलाई | राजनीतिमा हिलो छ्यापा छ्याप हुने गर्छन | लाग्छ यो सोचको कमाल हो कि ? आफ्नो सोंच र मनको दायरालाई जत्ति फराकिलो बनायो, दु:ख र सुखलाई सन्तुलनमा राख्न त्यति नै सजिलो हुन्छ | फोन नभएको हप्तौ भएको थियो | डायल गरे , उठायो उसले अनि भन्यो “ जाम् न त हिंड “ मोटर बाइक भएको बिमलसंगै लागियो पाल्पा तिर |
मिसन अस्पतालको गेटमा उभिएकी भुनी निन्याउरी थिई | म पनि सान्त्वना दिदै पेइंग वार्डमा छिरे | बुडाको अनुहार सुन्निएको थियो , भन्दै थिए “ बाबु म ट बर्बाद भए | साँझ ओकेंगबाट जो’टिर निस्किडा भन्न पारिठ्यो त्याड, गोरुको पुच्छर समाइर लर्खराउदै निस्किए गोरु बानि’र सुट्या | उठ्नै सकिन म ट | अनि भुनीले चाल्सेबाट धामीलाइ बोलाइछे, सन्चो भईन डोकोमा बोकिर मिर्मिसम्म ल्याए, अनि म ट यतासम्म पो आएँ ट बाबु |
भुनी भन्दै थिई “ डाई रगट नपाईर जात्रा भइछ, रुप्प्या भईर के गर्नु रगट पाहिने होइन रछ | महँगो घर भएर के गर्नु निद्रा बुकुरीमा बस्नेलाइ पनि लाग्ने रहिछ त्यसैले सुखी जीवन बाँच्नखुसी मन चाहिने रहिछ |
बिमलले एकै वाक्यमा भन्यो “ म दिन्छु रगत” भुनी उजेली भई | रगत दिएर हामी पाल्पा नै बसियो | भुनीलाई जिस्काए मैले “ के छ भुने , बिहे गर्छेस त बिमलसँग <” ऊ हांसी मात्र | मौनम् स्वीकृतिलक्षणम् भने झैँ केहि बोलिन भुनी | क्याप्टेन सा’ब संग बिदाबारी भएर हिडियो |
बाटोमा बिमल र मेरा कुरा पनि भए | केटाका प्राय: कुरा मिल्ने आखिर सुरा, र सुन्दरीको बारेमा न हो | भुनीले बिमल र मलाई जोडी दिई | बल्ल चाल पाँए ,बिमल रिसाउनुको कारण, किन कि भुनी म संग नजिकिदा ऊ टाढीएको थियो | आज भुनिलाई बिमलसँग सुम्पिँदा बिमल अत्यन्तै मक्ख छ | फेरि डांडा जाने कुरा भयो | निरन्तर भेट्ने कुरा भयो | २०७० सालको दशैँ मेलामा भुनी भेटीई, उही ग्वाघाको स्कुल नेर |
गलामा पोते, सिन्दुरले रंगिएकी, हात भर राता चुरा, घलेक सहितको मगर ड्रेसमा सानो खुर्पेटो हल्लाउदै भेटिई | म स्वयं विशिष्ट अतिथि भएको क्लबको कार्यक्रममा भुनी उदघोषक थिई | मैले जिस्काएँ“ ओ... भुने..... बिहेमा बोलाइनस् त? “
आ,,,, बाराकोट स्कुलको तीजमा नाच्न गा’को एता बाट बल खेल्न गा’का....जोगीथानबाट नै भागियो नि दाइ“ हहहाहा,,, भुनी एक हलको मेलो हासी |
डाई आ’ब ढोग भेटमा बोलाम्चु है | हस, नबोलाए नि के गर्नु र ? म हाँसे मात्र |
भाबुक कुरा गर्ने भुनी अहिले रोमान्चित छे | प्रत्येक शब्दमा रंग रस भर्छे | भन्छे, जिस्काउछे, साथी बनेर गएको छ सुदर्शन | कार्यक्रम सकिएर चिया खादै गर्दा सोधी “ अँ डाई त्यो मोटे डाई खै नि ? सिल्टीको कचौरामा जाँ’र.. माग्ने <”
ए,,बिमल,,,| अँ अँ उसले भनी | जापान पुगेको छ | भुनीलाई लान्छु भनेर कस्सिएको थियो, अर्को साल बिदामा घर आउदा | तर तिमि गैसकेचेउ | ए,, ए हाँसी मात्र ऊ |
के हो.. बिहे गर्ने सुर थियो कि क्या हो ? जिस्काए भुनीलाई | आ.... आ.... जसले लग्ला भन्ने आशा थियो उसले मेरो सट्टामा केवल जाले रुमाल लगिर गयो | भने अझै नौ डाँडापारी पुगेकोले के लग्छ र टपाई पनि ? उसले सटाएर मलाई हानी |
मैले फेरी जिस्काएँ एक्लै छु जाम् भुने हिंड भन्दा एस एल सी सकेर जाम्ला डाई भनिस ,,,अहिले खुब,,, गतिली बन्चीस |
ऊ हासेर भनि“ लग्नलाई लग् कोहि केटीले पनि भन्दैन, खुबी भएको मर्दले ट टानेर लग्ने हो, नामर्डले हो, गाउँ भरिका मन्छे ल्यार बल पुरार लैजाने | हा,,हा हाहा ,,,,,,,,,, खित्का छोडेर हांसी |
लान्छु नि त हिंड जाम अहिल्यै,,, मैले फेरी थपे |
जान्न | मलाई त मेरै लाउरे सहि छ येस्तासंग ट जान्न मो ट |
न मासु खान्छ , न रक्सी....तँ बा’नलाइ रिल्याक्स गर्नै आन्न |
भुनीको घर पुगियो | क्याप्टेन सा’ब पनि साहारा खोज्दै त्यहि आएका | भित्ता भरि लाहुरेका फोटा कौशीमा मौरीका घार , तोरी फुलेको बारी, साच्चिकै राम्रो थियो | क्याप्टेन सा’ब संग कुराकानी भो |
अनि भोलि पल्ट फ़र्कियौ घर तिर |
मान्छेको मन साथले मात्र माथ पाउने रहिछ | लातदिँदा आफुलाई घात हुने रहिछ | आशा गरेकाबाट माया नपाउदा तड्पिनु स्वाभाविक नै हो | हिंजो कसैको माया नपाएकी भुनी आज माया कि धनि छे | लाग्छ“ यदि आफुले माया गर्ने र आफुलाई माया गर्ने संगै हुन् पाए बन्द पिंजडा पनि खुल्ला आकाश जस्तो हुने गर्दछ |”
केहि समय पछी भुनीलाई फोन गरे | कता कता उसको बोली सुन्न मन लागेर |
भुनीसंग भएको पनि केहि छैन | गरेको पनि केहि छैन | कुनै आशा पनि छैन | भुनी संग तर कता कता भित्रै बाट माया लाग्ने गर्दछ | माया लाग्नका निम्ती कुनै बन्देज नहुने रहिछ | थाहा पनि थियो भुने संग बिहे हुदैन भन्ने कुरा, थाहा पनि छ बिहे गरिसकी भन्ने कुरा |
न कुनै अपेक्षा, नकुनै स्वार्थ , न मोह, येस्तै येस्तै कुरा छन् | तर कता कता गार्हो लाग्छ बिर्सिन भुनीलाई |
धुले मोटरबाटोमा जिप भित्र छु | तल पट्टी बगिरहेको कलकल बडीघाट खोला, झल् झल् स्मरणमा आईरहेकी भुने | कताकति बुझिने गरिने गरि क्यार क्यार आवाजमा बजेको यो गीत
“यो सम्झिने मन छ... म बिर्सुकसरी.... तिमी नै भनिदेउ ए ...... जाने निष्ठुरी .........”