arrow

गोताखोरको प्रयोग गरी बेपत्ता बालकको खोजी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
gotakhor-khoji-balak.jpg

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीका १३ वर्षीय रघुवीर जोशी खोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् । स्थानीय टोटी खोलामा नुहाउने क्रममा बालक बुधबार साँझ बेपत्ता भएका हुन् ।

झलारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार खोलाको किनारामा कपडा र चप्पल फेला परेपनि बालकको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

“खोलाको किनारामा बालकको कपडा र चप्पल फेला परेको छ” उनले भने, “गोताखोर टोलीले बाढी आएको खोलामा खोजतलास गरेपनि अझैसम्म बालकलाई भेटाउन सकेको छैन ।” खोजी कार्य बिहीबार पनि जारी रहेको प्रहरी निरीक्षक  सिंहले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ