- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । विगत केही दिन देखि आएको अविरल बर्सातका कारण प्रभावित बनेको झापाको गौरादह नगरपालिका वडा नं ५ का बाढी प्रभावित ५० परिवारलाई नेपाली कांग्रेसले आपतकालिन खाद्यान्न राहत प्रदान गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा प्रतिनिधि सभा सदस्य समेत रहेकी कांग्रेस नेतृ महेन्द्रकुमारी लिम्बुसहितको टोलीले स्थलगत निरीक्षण गरेर फर्किए पश्चात् अकाश्मत राहत रकम सङ्कलन गरि आवश्यक खाद्यान्न बितरण गरेको हो ।
कांग्रेस झापा क्षेत्र नं ५ (क) को आयोजनामा पार्टीका नेता, कार्यकर्ताहरूबाट स्वैच्छिक रूपमा सङ्कलन भएको रकमबाट प्रति परिवार एक/एक बोरा चामल, दाल, नुन, तेल लगायतका अत्यावश्यक खाद्यान्न राहत स्वरूप प्रदान गरिएको पार्टी सभापति जीवनकुमार राईले जानकारी गराए ।
राहत वितरण कार्यक्रममा सांसद लिम्बु सहित पार्टीका क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी लगायत नेताहरूको उपस्थितिमा प्रभावित बस्तीमा नै पुगेर सो राहत सामग्री वितरण गरिएको सभापति राईले बताए ।