arrow

स्थानीय तहको अपनत्व गराउन जन्म, मृत्यु दर्ता घरमै प्रदान

logo
नारायण वली,
प्रकाशित २०७९ असार १७ शुक्रबार
pic1.jpg

रुपन्देही । स्थानीय तहको पहिलो निर्वाचन पश्चात् भनिएको थियो, "गाउँ- गाउँमा सिंहदरबार" । नाममा सिंहदरबारको संज्ञा दिइए पनि तर नागरिकले गाउँमा दरवार भएनभएको भने अनुभूति गर्न पाएनन् । पाँच वर्ष अवधिको समीक्षा गर्दा । धेरैको गुनासो सुन्न पाइन्छ अझै पनि ।

पहिलोपटकको निर्वाचनमा बुढ्यौली नेताहरुको नेतृत्व कायम हुँदा कार्यसम्पादनमा नयाँपन दिन र नागरिकलाई सहजता एंव जनमैंत्री सेवा दिन नसकेको गुनासो जनता संग ताजै हुँदै गर्दा दोस्रोपटक सम्पन्न स्थानीय तहको निर्वाचनमा युवापंक्तिले टिकट पाएसंगै जित हासिल गरेपछि जनताको अपेक्षा पूरा गर्न ती युवा जनप्रतिनिधि लागिपरेको पाईएको छ ।

त्यसैमध्येको एउटा उदाहरण हो । रुपन्देहीको बुटवल उप-महानगरपालिका  वडा नं.१० । जसको नेतृत्व युवा नेता बलु पुनले सम्हालेका छन् । उनी जिम्मेवारी सम्हाले देखि जनताले प्रत्यक्ष भोग्दै आएको समस्या हल गर्न लागे । राजमार्ग चौराह देखि बुटवल मण्डल क्षेत्रको नालीले गर्दा बर्षायाममा रामनगर क्षेत्रमा पानी डुवानले त्यहाँका स्थानीय पिडित बन्दै आएका थिए । उनले, सो समस्यालाई आफ्नो पहिलो कार्य भन्दै समाधानका लागि डोजर प्रयोग गरेर नालीको निकासलाई सफाई गरे ।

शहरी विकास मन्त्रालय अन्तगर परेको ५० लाख रुपैयाँमा रामनगर बेसक्याम्प भित्र नाली बिस्तार कार्य शुरु गरिएको वडाध्यक्ष पुनले जनाए । 
                                  
त्यसपछि वडाबासीहरुलाई सहजता प्रदान गर्न नवजात शिशु र मृत्यु भएका व्यक्तिहरुको घरपरिवारलाई घरमै गएर जन्म दर्ता एंव मृत्यु दर्ता प्रमाणपत्र दिने कुरालाई बैठक बाट निर्णय गराएको बुटवल उपमहानगरपालिका वडा -१० का वडाध्यक्ष बलु पुन बताउँछन् ।

जसका लागि बच्चा जन्मेको कम्तीमा २० दिन भित्रमा दिने तर स्थायी ठेगाना भएका र स्थायी वडाबासीको मृत्यु भएमा मात्रै ज्नम तथा मृत्यु दर्ता दिने र अस्थायी बसोबासीको हकमा भने, भौतिक रुपमा वडाका जनप्रतिनिधि, कर्मचारी, टोलबिकास संस्थाको अध्यक्ष लगायतको उपस्थिती जनाएर वडाबाट समबेदना पत्र प्रदान गर्ने बताईएको छ ।

गत जेठ ३० गते वडाकै सुर्य वहादुर थापाको निधन भएको र आगामी आइतवार मृत्यु दर्ता प्रमाणपत्र प्रदान गरिने वडाध्यक्ष पुनले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ