- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथको वर्ष २०२२/२३ का लागि दिपक गौतमलाई जिम्मेवारी दिइएको छ । एक कार्यक्रमको आयोजना गरी अध्यक्ष पदमा गौतमलाई निर्वाचित गरिएकाे हाे ।
क्लबको पद हस्तान्तरण तथा पदक वितरण कार्यक्रममा लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथको वर्ष २०२१/२२का अध्यक्ष सन्तोषमान सिमाङ्गैडाले वर्ष २०२२/२३का लागि नवनिर्वाचित अध्यक्ष गौतमलाई पद हस्तान्तरण गरेका हुन् ।
पदभार ग्रहण पश्चात् नवनिर्वाचित अध्यक्ष गौतमले आफ्नो कार्यकालमा गर्ने योजनाहरु प्रस्तुत गर्दै उक्त योजनाहरुको सफल कार्यान्वयनका निमित्त क्लबका सम्पूर्ण सदस्यहरुको सहयोगको आग्रह गर्दै योजनाहरुलाई आगामी दिनमा पूरा गर्न सहज हुने विश्वास व्यक्त गरेका थिए।
यस्तै वर्ष २०२१/२२का सचिब विमल न्यौपानेले वर्ष २०२२/२३ का सचिव टिकाराम पन्थीलाई पद हस्तान्तरण गरे, भने कोषाध्यक्ष पदमा राजेश थैबले राकेश गुरुङ्लाई पद हस्तान्तरण गरेका छन् ।
३२५ पी फस्ट भाइस डिस्ट्रिक गर्भनर एमजीएफ् अर्जुनमान सैंजुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सैंजुले सामाजिक क्षेत्रको विकासका लागि लायन्स क्लबहरुको भुमिका महत्वकांक्षी रहेको आवश्यकता औंल्याएका थिए । साथै उनले क्लबहरुको सक्रियताले मात्रै समाजमा नयाँपन संगै समाज सुधारका आयाम छाउने बताए ।
सोही अवसरमा क्लबका संस्थापक अध्यक्ष कमल थापा क्षेत्रीले क्लबलाई सामाजिक कार्यमा सरिक भएर आमनागरिकको नजरमा अमूल्य योगदान दिँदै आएको क्लबको रुपमा अगाडि बढाउन भन्दै शुभकामना दिए ।
सो कार्यक्रममा क्लवका पूर्वअध्यक्ष भुपेन्द्रबहादुर थापा (हरी) ले क्लबले समाजमा सुशासन र पराम्परागत संस्कृतिको जगेर्ना एवं दिगो स्थायित्व संस्कारलाई जोगाउन अतुलनीय भूमिका निभाउँदै आएकाले क्लवको गरिमालाई अझै प्रगाढ बढाएर लैजान नवनिर्वाचित कार्यसमितिलाई सुझाव तथा शुभकामना दिएका थिए ।
कार्यक्रममा पूर्वअध्यक्षद्धय लक्ष्मण कुँवर र यदुमणि पोख्रेलले क्लबले गरेका उत्कृष्ट कार्यहरु र समाजमा क्लबको भूमिकाले गर्दा गौरवको महसुस भएको खुशी साटेका थिए ।