- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । जिल्लामा रिक्त अवस्थामा रहेको खेलकुद विकास समितिलाई चलायमान बनाउनलाई असार १९ गते प्रदेश खेलकुद परिषद् लुम्बिनीको निर्णय अनुसार प्रदेशका १२ वटै जिल्लामा नियमावलीको नियम १० (३) बमोजिम जिल्ला खेलकुद विकास समिति गठन गरी नियुक्त गरिएको खेलकुद मन्त्रालयका सदस्य सचिव जय प्रकाश भट्टराईले जनाएका छन् ।
जिल्लाहरुमा नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरेसँगै रुपन्देही जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा बुटवलका भुपेन्द्रबहादुर थापा क्षेत्री (हरी) लाई जिल्ला खेलकुद विकास समिति रुपन्देहीको अध्यक्षमा नियुक्त गरिएको छ। लामो समय खेल क्षेत्रमा रहेर खेलको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका क्षेत्रीलाई रुपन्देही खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त गरिएको हाे ।
नियुक्ति पत्रमा प्रदेश खेलकुद विकास ऐन, २०७६ को दफा १३ को उपदफा (१) तथा प्रदेश खेलकुद नियमावली, २०७८ को नियम १० को उपनियम (१) मा भएको व्यवस्था बमोजिम मिति २०७९-३-१९ गतेको प्रदेश खेलकुद परिषद् लुम्बिनीको निर्णय अनुसार नियमावलीकाे नियम १० (३) बमोजिम गठन गरिएको जनाइएको छ ।
नियुक्ति पत्रमा भनिएको छ:, नियमावलीको नियम ११ बमोजिम समितिले पालना गर्नुपर्ने जिम्मेवारी पूरा गर्न उल्लेख छ ।
समितिको उपाध्यक्षमा जयबहादुर सुनार, कोषाध्यक्षमा परागदास गोर्खाली, सदस्यहरुमा पशुपति उपाध्याय, रामबहादुर सुनार, अर्जुन क्षेत्री, रमेश थापा, राधिका चौधरी, रिता पाण्डे (खत्री) रहेका छन् ।
को हुन् हरी क्षेत्री ?
पछिल्लो समय सामाजिक कार्यमा योगदान पु–याउँदै आएका भुपेन्द्रबहादुर थापालाई यो नामले गाउँ छिमेकमा कसैैले पनि चिन्दैनन् । उनी हरी क्षेत्रीको नामले प्रख्यात छन् । धेरैजसोले उनलाई समाजसेवी मान्छे भनेर चिन्ने गर्दछन् ।
युवावस्थामा सौभाग्य युवा क्लबको सदस्य बनेर समूह संगठनमा छिरेका हरी सोही संस्थाको तल्लो तहदेखि प्रमुख सम्म भएर करिब २० वर्षसम्म क्लबको अनुभव बटुल्दै थप समाजमा गठन हुने अन्य संघसंस्थामा होमिने मौका पाए । र उनी फुटबल संघको वरिष्ठ उपाध्यक्षसमेत भए ।
रुपन्देहीमा पुल तथा स्नुकर भन्ने केही व्यक्तिहरुलाई मात्रै थाहा भएको तर अन्य सो सम्बन्धी जानकारी नभएको अवस्थामा उनले बुटवलमा पुल तथा स्नुकर खेल ल्याएर अहिले जिल्लामा झण्डै ४५ वटा भन्दाबढी खेल स्टेशनहरु स्थापना गराउन उनै ‘हरी’बाट सिकेर खेललाई थप विकसित रुपमा अगाडि बढाउँदै लगेको पाइएको छ । जसले गर्दा उनी पुल तथा स्नुकर खेलको रुपन्देही संस्थापक अध्यक्षसमेत बने ।
उनले स्नुकर खेललाई जिल्लामा स्थापित गराउनका लागि सो सम्बन्धी नियमावली बनाएर खेललाई युवा पुस्तामा लोकप्रिय बनाउन अहम् भूमिका खेलेको उनका सहकर्मीहरु बताउँछन् । हाल उनी केन्द्रिय सदस्य रहेका छन् ।
उनी भलिबलको जिल्ला सल्लाहकारसमेत भए । हरी क्षत्री युवा समाज रुपन्देहीको संस्थापक अध्यक्ष पदमा रहेर समाजलाई गतिशील गराउन निकै मेहनत गरिरहेका छन् ।