arrow

नोबेलमा ‘टोकन सिस्टम’, हट्यो पूर्जी काट्न लाइन बस्नुपर्ने बाध्यता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ४ बुधबार
token-system-hospital-noble.jpg

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बिरामीहरुको सहजताका लागि अस्पतालमा ‘टोकन सिस्टम’ लागू गरेको छ । बिरामी र बिरामीका आफन्तलाई अस्पतालमा पूर्जी काट्दा लाइनमा उभिनुपर्ने झन्जटबाट मुक्त गर्न नोबेलले टोकन सिस्टम शुरु गरेको हो ।

 अहिले पहिलो चरणमा पुर्जी लिने ठाउँमा यो सिस्टम लागू गरिएको छ । त्यहाँ विरामीले टोकन नम्बर लिएर कुर्सीमा बस्ने गर्छन् र स्क्रीनमा आफ्नो नम्बर देखाएपछि काउन्टरमा गएर पुर्जी लिने गरेका छन् । पहिले बिरामीको चापका कारण लामो समयसम्म लाइनमा उभिनुपर्ने बाध्यता थियो ।

 बिरामी र बिरामीका आफन्तको सहजताका लागि पूर्जी काउन्टरमा टोकन सिस्टम लागू गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा बताउँछन् । नोबेलले अन्य स्थानमा पनि यो सिस्टम लागू गर्ने तयारी गरेको जनाएको छ । 

  टोकन सिस्टम लागू भएपछि पुर्जी लिन बिरामीले लाइनमा उभिएर पालो कुर्नुपर्ने वाध्यताको अन्त्य भएको छ । यो सेवा शुरु भएपछि धेरै सहज भएको बिरामी र बिरामीका आफन्त बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ