arrow

सीईओ, प्रवक्ता, उपमहासचिव, तीन सहमहासचिव, मानार्थ अध्यक्ष नियुक्त गर्दै एन्फा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
anfa-executive-committee-meeting-2079.jpg

काठमाडौं । पंकजबिक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएपछि दोस्रो पटक आज कार्यसमिति बैठक शुरु भएको छ ।

सातदोबाटो स्थित एन्फा मुख्यालयमा बिहान ७ बजेलाई बैठक बोलाए पनि ढिला गरी ८ः३० मा मात्रै शुरु भएको थियो । गत सोमबार बैठक बोलाइए पनि अन्तिम समयमा अध्यक्ष नेम्बाङ अस्वस्थ भएपछि बैठक स्थगित भएको थियो । 

बैठकमा विविधसहित १२ बुँदामा एजेन्डा राखिएको छ । जसमा विवादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनशिप मुख्य एजेन्डा रहेको छ ।

पछिलो समय पदाधिकारी नियुक्तिमा भने निकै पेचिलो बनेको छ । कर्माछिरिङ शेर्पालाई पराजित गर्दै एन्फा हाक्न आएका पंकज निकै दवावमा पर्न सक्छन् ।

तीन समूहलाई समेट्दै गर्ने नियुक्ति नै कठिन रहेको छ । सीईओ, प्रवक्ता, उपमहासचिव, तीन सहमहासचिव, मानार्थ अध्यक्षसहित विभिन्न पदमा आज नियुक्ति हुँदैछ ।



नयाँ