- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। चीनमा निराशीत घर खरीदारहरुले अधूरा परियोजनाहरुमा धितो भुक्तानी गर्न रोकेपछि चीनको संकग्रस्त सम्पत्ती क्षेत्रमा अर्को झड्का लागेको छ।
कयौं घर सम्पत्ती निर्माणकर्ताहरू ऋण व्यवस्थापन गर्न संघर्ष गर्दै आइरहेका बेला थपिएको यो संकट पूरै चीन र विश्वभर फैलिन सक्ने चिन्ता बढेको छ।
चीनको सम्पत्ति क्षेत्र कति ठूलो छ ?
निकै बिशाल। सम्पत्ति र यस सम्बन्धित उद्योगहरू चीनको कुल गार्हस्थ उत्पादन (जीडीपी)को एक चौथाइ रहेको अनुमान गरिएको छ।
सन् १९९८ मा भएको बजार सुधारपछि यो क्षेत्र बढ्दोरुपमा मध्यम वर्गको मागका रुपमा स्थापीत भएको थियो । सम्पत्तिलाई मुख्य पारिवारिक सम्पत्ति र हैसियतको प्रतीकको रूपमा देखाउन थालिएपछि सम्पत्ती क्षेत्रमा आकर्षण बढेको थियो ।
खासगरी बैंकहरूले घर निमार्णकर्ता र खरिदकर्ता दुवैलाई जतिचाहियो त्यति धेरै ऋण दिन इच्छुक हुँदा सहज कर्जाको पहुँचले यो क्षेत्रलाई झनै गती दियो।
एएनजेड रिसर्चले यस महिना सार्वजनिक गरेको एक रिपोर्ट अनुसार चीनको सम्पूर्ण बैंकिङ प्रणालीमा कुल ऋणको लगभग २० प्रतिशत धितो रहेको छ।
धेरै निमार्णहरू 'पूर्व-बिक्री'मा निर्भर छन्। खरीददारहरुले निर्माण गर्न बाँकी रहेका परियोजनाहरूको एकाइमा धितो तिरेका छन्।
चीनमा २२ करोड ५० लाख बर्गमिटर ठाउँमा घरहरु निमार्णधिन रहेको ब्लूमबर्ग न्यूजले जनाएको छ ।
यो किन डुब्यो संकटमा ?
चीनमा सम्पत्ति निर्माणकर्ताहरू फस्टाउँदै गएपछि घरको मूल्य पनि बढ्न थाल्यो । पहिले नै ऋण बोकेर निमार्ण गरिरहेकाहरुको जोखिमलाई लिएर यसले सरकारलाई झन चिन्तित बनायो ।
र चीनले गत वर्ष एक क्र्याकडाउन सुरु गर्यो । जसमा केन्द्रीय बैंकले सम्पूर्ण वित्तीय प्रणालीमा खतरा सीमित गर्नको लागी बैंकहरुमा कुल ऋण र सम्पत्ति ऋणको अनुपात सिमित गरेको थियो ।
यसबाट पहिले नै आफ्नो ऋण ह्यान्डल गर्न संघर्ष गरिरहेका निमार्णकर्ताहरुको लागि वित्तपोषणका स्रोतहरू निचोडिए ।
३० अर्ब अमेरिकी डलरको ऋणमा डुबेको चीनको सबैभन्दा ठूलो निमार्णकर्ता एभरग्रान्डले ऋण डिफल्ट गर्न थाल्यो ।
घर खरीददारहरूले कस्तो प्रतिक्रिया देखाएका छन् ?
एभरग्रान्डको गिरावटले गत वर्षको सेप्टेम्बरमा यसको शेन्जेन स्थित मुख्यालयमा घर खरीददारहरू र ठेकेदारहरूले विरोध प्रदर्शन गरेका थिए ।
यस वर्षको जुनमा धितो बहिष्कार भन्दै विरोधको नयाँ रूप देखा परेको थियो ।
अझै अधूरा आयोजनाहरूमा युनिटहरू खरिद गरेका मानिसहरूले निर्माण सुचारु नभएसम्म भुक्तानी गर्न बन्द गर्ने घोषणा गरेका छन्।
चीनको ५० भन्दा बढी सहरमा ३०० भन्दा बढी खरिददारहरुले यस्तै बष्हिकार सुरु गरेका छन् ।
धेरै अधूरा परियोजनाहरू चीनको हेनान प्रान्तमा केन्द्रित छन् । त्यहाँ ग्रामीण बैंकको धोखाधडीको प्रतिक्रिया स्वरुप व्यापक विरोध प्रदर्शन भएको छ ।
चिनियाँ ऋणदाताहरूले गत हप्ता प्रभावित धितोहरू बकाया आवासीय धितोको ०.०१ प्रतिशत भन्दा कम भएको बताएका छन् । तर, विश्लेषकहरूले बहिष्कार कत्तिको फैलिने छ भन्ने डर महत्वपूर्ण भएको बताएका छन् ।
विश्वव्यापी चिन्ता छ ?
गहिरो विश्वव्यापी व्यापार र वित्तिय सम्बन्ध भएको चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो। यदि सम्पत्ति संकट चीनको वित्तीय प्रणालीमा फैलियो भने यसको झट्का सिमानाभन्दा टाढा महसुस हुने विश्लेषकहरूले बताएका छन् ।
यदि डिफल्ट बढ्दै गयो भने व्यापक र गम्भीररुपमा आर्थिक एवं सामाजिक प्रभाव पर्न सक्छ,ू अमेरिकी क्रेडिट रेटिङ एजेन्सी फिच रेटिंग्सले सोमबार एक नोटमा लेखेको छ ।
यसले अमेरिकी फेडरल रिजर्भको चेतावनीलाई प्रतिध्वनित गरेको छ । अमेरिकी फेडरल रिजर्भले गत मेमा चीनले अहिलेसम्म नतिजालाई नियन्त्रण गरे पनि बिग्रँदै गएको सम्पत्ति संकटले देशको वित्तीय प्रणालीलाई पनि असर गर्न सक्ने चेतावनी दिएको थियो ।
२०२२ मेको वित्तीय स्थिरता रिपोर्टमा फेडले भनेको थियो, संकट फैलिन सक्छ र विश्वव्यापी व्यापार र जोखिम भावनामा असर गर्न सक्छ ।
यसलाई समाधान गर्न चीनले के गर्नसक्छ ?
सम्पूर्ण सम्पत्ति क्षेत्रको लागि बेलआउट वा उद्धार कोष सम्भव छैन । धितो बहिष्कार चर्किए पनि सरकारले संकटको मापनलाई स्वीकार गरिरहेको विश्लेषकहरूको भनाइ छ ।
प्रमुख बेलआउटले विकासकर्ताहरू र घर खरिदकर्ताहरूलाई जोखिमपूर्ण निर्णयहरू जारी राख्न प्रोत्साहित गर्न सक्छ किनकि उनीहरूले सरकार र बैंकहरूलाई जिम्मेवारी लिइरहेको देख्नेछन्।
तर, परिस्थितिलाई सहज बनाउन चिनियाँ बैंकहरूमा दबाब बढिरहेको छ। चीनको बैंकिङ नियामकले बिहीबार परियोजनाहरू पूरा भएको र इकाइहरू खरिदकर्ताहरूलाई हस्तान्तरण गर्न सुनिश्चित गर्न मद्दत गर्ने भनेको छ ।
केही हस्तक्षेप जस्तै हेनान प्रान्तमा स्थानीय स्तरमा भएको छ । त्यहाँ तनावग्रस्त परियोजनाहरूलाई मद्दत गर्न राज्य समर्थित निमार्णकर्तासँगको सहकार्यमा बेलआउट कोष स्थापना गरिएको छ।
जेफरीज हङकङका चेन शुजिनले स्थानीय सरकारहरू सम्पत्ती निमार्णकर्ता र घरधनीले ब्याज माफी र धितो भुक्तानीलाई निश्चित अवधिको लागि केसबाइकेस आधारमा निलम्बन गर्न पनि वार्ता गर्न सक्षम हुन सक्ने बताएका छन्।