arrow

प्रधानमन्त्रीविरुद्ध सार्वजनिक कार्यक्रमस्थलमै नाराबाजी, तीन जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ९ सोमबार
sher-bahadur-deuba-1233123.JPG

काठमाडौं । सार्वजनिक कार्यक्रमस्थलमै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सोमबार भीमसेन थापा स्मृति प्रतिष्ठानले गरेको कार्यक्रमलाई सम्बोधन गर्न लाग्दा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी भएको हो । 

नागरिकता विधेयक र एमसीसी खारेजको माग गर्दै प्रधानमन्त्री देउवाविरुद्ध केही युवाले नाराबाजी गरेका हुन् । 

प्लेकार्डसहित नागरिकता विधेयक खारेज गर, एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं, स्वाधीनताको रक्षा गरौंजस्ता नारा लगाउँदै युवाहरु विरोधमा उत्रिएका हुन् ।

नाराबाजी लगाएको आरोपमा तीन जना पक्राउ परेका छन् । तर उनीहरुको परिचय खुलाइएको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ