arrow

नेपालको दोस्रो पुरानो विमानस्थल ओझेलमा, ६८ वर्षपछि इन्धन डिपो निर्माण

logo
नारायण वली,
प्रकाशित २०७९ साउन १० मंगलबार
12.png

रुपन्देही । दाङमा २०११ सालमा तुलसीपुर स्थित टरिगाउँमा विमानस्थलमा निर्माण भयो । काठमाण्डौंमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि नेपालको दोस्रो पुरानो विमानस्थलको रुपमा सञ्चालनमा आएको टरिगाउँ विमानस्थल विभिन्न समयमा बन्द हुँदै कहिले सञ्चालन हुँदै आयो । ७ सय मिटर लम्बाई, ३० मिटर चौडाई धावनमार्ग कालोपत्रेमा पहिलो पटक विमान अवतरण भएको र विमानस्थलमा ट्विनअटर विमान मात्रै अवतरण गर्ने सक्ने बताइएकाे छ । तर विमानस्थलमा कालोपत्रे नहुँदै त्योभन्दा ठूला जहाज आउने गरेकोमा कालोपत्रे भएपछि भने सानो विमान आउने गरेको जनाइएको छ । 

उक्त टरिगाउँ विमानस्थलमा हालसम्म इन्धन डिपो नहुँदा काठमाडाैंबाट दाङ जाने विमानले आफै इन्धन बाेकेर जाने बाध्यता थियो । जसका कारण विमानहरुले इन्धन वोकेर जानुपर्ने भएकाले सिटको क्षमता घट्ने र यात्रु बस्ने ठाउँमा इन्धन राख्नुपर्ने भएकाले नियमित उडान भर्न नसक्ने भन्दै सो विमान स्थल कहिले खुल्ने, कहिले बन्द हुने कार्य हुँदै आएको थियो । इन्धन डिपो निर्माण गरी नियमित उडान भर्ने प्रक्रियालाई अगाडि बढाउनका लागि तुलसीपुर स्थित बिभिन्न सरोकारवाला संघसंस्थाहरु एंव बिभिन्न राजनितिक दलहरुले आवाज निकालेपनि तर सुनुवाई भएको थिएन । 

तर पछिल्लो समय राजनितिक दलहरुको दबाब र संघसंस्थाहरुको निरन्तरको ध्यानाकर्षणका कारण दाङको टरिगाउँ विमानस्थलले ६८ वर्षपछि इन्धन डिपो पाउन सफल भएको छ । विमानस्थलमा अहिले डिपो स्थापनाका लागि भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ३० हजार लिटर हवाई इन्धन (तेल) अट्ने क्षमताको इन्धन डिपो स्थापनाको काम अन्तिम चरणमा पुगेको हो । गतवर्ष साउनमा सम्झौता भएर निर्माणकार्य शुरु गरिएको गत असारको अन्तिम चरणमा निर्माणकार्य पुरा भएको हो । डिपोमा बन्डेड ट्यांक, भवन निर्माण लगायतका आवश्यक पूर्वाधार निर्माणको काम सकिन लागेको निर्माण पक्षलाई उद्धृत गर्दै नेपाल आयल निगमको इन्जिनियर विभागका निर्देशक सुरज शाहले जनाए ।

उनका अनुसार सम्झौता समयावधिमै डिपो स्थापनाको काम सम्पन्न भएपनि प्राविधिक जाँचको काम अझै नभएकाले सञ्चालनमा ढिला भएको वताए । उनले भने, निर्माण पक्षले निर्माणको काम करिब सकिएको भएपनि प्राविधिक जाँच नहुँदा सञ्चालनमा आउन नसकेको उल्लेख गरे । डिपोमा तेल भण्डारणका लागि अहिले इन्धनको जाँचका लागि इण्डियन आयल कर्पोरेशनमा पठाईएको र यसै साताभित्र परिक्षण रिर्पोट आएपछि सञ्चालनमा ल्याईने वताए ।

करिब डेढ करोड लागतमा निर्माण भएको इन्धन डिपो निर्माणकार्य न्यू ड्राइभन एमसी फाल्गुनान्द ठेक्काले पाएको थियो । टरिगाउँ विमानस्थलमा इन्धन डिपो नहुँदा विमानले इन्धन आफै ढुवानी गर्नुपर्ने अवस्था अझै पनि कायमै छ । दुईतिर उडानका लागि इन्धन ढुवानी गर्दा विमानले यात्रु बोक्न नपाउने भएकाले घाटा लाग्ने भन्दै सो विमानस्थलमा उडान भर्न त्यती इच्छुक नदेखिने गरेको पाईएको छ ।

विमानले सिट क्षमता अनुसारको यात्रु बोक्नका लागि इन्धन डिपो नभएकाले विमानमा नै इन्धन वोक्नुपर्ने भएकाले ती तेल राखेका सिटको समेत घाटापूर्ति निकाल्नुपर्ने भएकाले हवाई भाडा समेत महंङ्गो पर्ने गरेको छ । टरिगाउँ विमानस्थलमा अहिले १९ सिटे ट्विनअटर जहाज मात्रै सञ्चालनमा आएको छ ।

यता विमानले १२ जना मात्रै यात्रु बोक्ने गरेको टरिगाउँ विमानस्थलका प्रमुख गणेश खरेलले वताएका छन् । उनले दिएको जानकारी अनुसार अहिले निर्माण भएको बन्डेड ट्यांक र रिफिलर ट्यांकर गरेर करिब ४० हजार लिटर इन्धन संचित गरेको राख्न सकिने भएको छ । शुक्रबार, शनिबार बाहेक टरिगाउँ विमानस्थलमा हाल साताको पाँच दिन विमान सञ्चालन हुने गरेको र सरकारले ध्यान नदिदा यात्रुहरुको माग बढेपनि नियमित उडान भने हुन नसक्दा दाङबासीहरु विमान सेवाबाट बञ्चित हुन पुगेको जनगुनासो समेत बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ