गगनको प्रश्न- नेपाललाई कालोसूचीमा पर्नबाट जोगाउन सरकारले के गरिरहेको छ ?
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ११ बुधबार
959
Shares
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कालोसूचीमा पर्नबाट जोगाउन सरकारले के गरिरहेको छ भनी प्रतिनिधिसभामा प्रश्न गरेका छन् ।
महामन्त्री थापाले फाइनान्सियल एक्सन टास्कफोर्ससँग सम्बन्धित एसिया प्यासिफिक ग्रुप (एपीजी) अन मनि लन्ड्रिङको नेपाल सदस्य रहेको उल्लेख गर्दै उनले अब हुने मूल्याङ्कनमा नेपाल जोखिममा रहेको बताएका हुन् ।
महामन्त्री थापाले भने,' विगतमा कालो सूचिमा पर्दापर्दै नेपाल बचेको भए पनि यो पटक बच्न सक्ने सम्भावना नहरेको भन्दै उनीहरू त्रसित देखिन्छन् । कालोसूचीमा नेपाल पर्यो भने विप्रेषण र आयातमा निर्भर नेपाल जस्तो मुलुकको अन्तर्राष्ट्रिय बैङ्किङ कारोबार बन्द हुने, एलसी खोल्न नपाउने, यस्तो अवस्था हामी कल्पना गर्न पनि सक्दैनौँ ।'
महामन्त्री थापाले नेपालमा मनि लन्ड्रिङसम्बन्धी कानुन प्रभावकारी नभएकाले नेपाल जोखिममा पर्न सक्ने बताए । विज्ञहरूले बताएको कुरा उल्लेख गर्दै थापाले नेपाल कालोसूचीमा पर्ने सम्भावना औँल्याए । उनले भने,' मूल्याङ्कनको चालिस वटा सुचांक मा नेपालको अवस्था के छ ? विज्ञहरूले आशङ्का गरेजस्तो कालोसूचीमा पर्ने अवस्था बन्दै गएको हो भने त्यसमा पर्न नदिन, त्यसबाट जोगाउन सरकारले के गरिरहेको छ, अविलम्ब सांसदलाई जानकारी गराउन माग गर्दछु ।'
नेपालमा व्यापक कर छली, बढ्दो भ्रष्टाचारलगायतका कारणले गर्दा समष्टीगट मूल्याङ्कन स्थिति अति जोखिमपूर्ण रहेको छ ।