arrow

 एन्फाको षड्यन्त्रमा आफ्नो नाम जोडिएको भन्दै गणेश थापा पुत्र गौरवले गरे आपत्ति 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ११ बुधबार
gaurav-thapa-football-ganesh-thapa-son.jpg

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाका छोरा गौरव थापाले एन्फाभित्र संगठित रुपमा गरिएको षड्यन्त्रमा आफ्नो नाम जोडिनु आश्चर्यजनक र दुःखद् रहेको प्रतिक्रिया दिएका छन् । 

६ असारमा कर्माछिरिङ शेर्पालाई ५ मतले पराजित गर्दै निर्वाचित भएका पंकजविक्रम नेम्बाङ समूहले आफूप्रति गरेको षड्यन्त्रको ध्यानाकर्षण भएको, सो समूहले आफूप्रति नकारात्मक, भ्रामक र प्रायोजित खबरहरु सम्प्रेसण गरेको गौरवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

पछिल्लो समय गौरव थापालाई एन्फाको प्रमुख कार्यकारी अधिकृत सीईओमा नियुक्ति गर्ने तयारी गरेको थियो । तर, चुवानी भागबण्डा र आफ्नो स्वार्थ मिसिएपछि गौरवलाई नियुक्त गरिएको छैन । सोही, कारण एन्फाको पहिलो आधिकारीक बैठकसमेत बस्न सकेको छैन । १८ एजेन्डासहित गत ५ साउनमा बसेको एन्फाको बैठक एजेन्डामा प्रवेश गर्न नपाउँदै स्थगित भएको थियो । 

विवाद बढेपछि पहिलो पटक विज्ञप्ति निकाल्दै थापाले आफू फुटबलको व्यावसायिक व्यक्ति भएको र नेपाली फुटबलका लागि आवश्यक पर्दा आफ्नो क्षमताअनुसार योगदान गर्न कहिल्यै पछि नपर्ने बताएका छन् ।  

यस्तै, उनले फिफा, एएफसी र एन्फामा कुनै समस्या नभए पनि केही स्वार्थी मानिसहरुले निश्चित मिडियालाई गलत सूचना दिएर विवाद सिर्जना गरेको बताएका छन् । यस्तै, उनले फिफा र एएफसीका विषयमा गलत सूचना दिने र झुठो बोलेर नेपाली फुटबललाई बन्धक बनाउने प्रयास कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने बताएका छन् । 

यस्तो छ विज्ञप्ति-



नयाँ