arrow

समाज परिवर्तनका लागि लायन्स क्लवको भूमिका अपरिहार्य

logo
नारायण वली,
प्रकाशित २०७९ साउन ११ बुधबार
lions.jpg

रुपन्देही । समाज परिवर्तनको लागि लायन्स क्लबहरुले सामूहिक रुपमा महत्वपूर्ण भुमिका खेल्नुपर्ने आवश्यक रहेको बुधबार बुटवलमा लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथको आयोजनामा सम्पन्न जोन एक्काइस डिष्ट्रिक गर्भनर प्रि जोनल एड्भाइजरी कमिटी बैठकमा उपस्थित क्लबका पदाधिकारी एव‌ं सदस्यहरुले चासो व्यक्त गरे । 

मानवीय एव‌ं प्राकृतिक विपत्तिमा सहयोग, नकारात्मक कुलतका बारेमा जनचेतना तथा अन्य सामाजिक कार्यगरी उत्कृष्ट जोन बनाउन सबै क्लबहरुले आ–आफ्नो जिम्मेवारीलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औल्याए । 

जोन चियरपर्सन लायन यदुमणि पोख्रेलको अध्यक्षतामा भएको बैठकमा रिजन चियरपर्सन लायन गुणाखर भण्डारीको प्रमुख आतिथ्यता रहेको बैठकमा आगामी लायन्स क्वलको वार्षिक योजना तथा कार्यक्रमको जानकारी पोख्रेलले प्रस्तुत गरेका थिए ।

उक्त बैठकमा बाेल्दै लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष लायन दिपक गौतमले जोनबाट समाजका हरेक क्षेत्रको परिवर्तन र विकासका लागि क्लबकाे भूमिका जोडतोडले कार्यान्वयनमा लाग्नु पर्नेमा जोड दिए ।

साथै उनले सराहनीय कार्य गरी उत्कृष्ट जोन बनाउन आफ्नो क्लब डिष्ट्रिकमा पनि अरुभन्दा फरक कार्य गर्ने गरी कुनै एक वा दुई महत्वपूर्ण कार्यक्रम गर्नेमा जोड दिने बताए । 

लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष लायन दिपक गौतमले सामूहिक एक वा दुई कार्यक्रम गर्नुपर्नेमा जोड दिनुपर्ने ल्याएको योजनामा अन्य क्लबहरुका अध्यक्षहरुले पनि समर्थन जनाए । 

बैठकमा लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथ, लायन्स क्लब अफ सैनामैना बाेलबम, लायन्स क्लब अफ बुटवल देवीनगर र लायन्स क्लब अफ सैनामैना सालझण्डीको सहभागिता थियो ।

बैठकको प्रमुख अतिथि रिजन चियरपर्सन गुनाखर भण्डारीले वार्षिक कार्यक्रम तथा योजना सम्पन्न गर्नको लागि पालना गर्नुपर्ने नियम र प्रक्रियाका बारेमा विस्तृत जानकारी दिएका थिए । बैठकको सहजीकरण आयोजक क्लबका सचिव टिकाराम पन्थीले गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ