arrow

रेलको खेल

तिलोत्तमा रेलः योगीकुटी–रोहिणी ड्यामसम्म ट्राम रेल सञ्चालन भए वार्षिक करोड आम्दानी हुने

कम्पनीका प्रबन्धक भन्छन् –बुटवल, भैरहवा, गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनीसम्म सञ्चालन भए वार्षिक खर्च कटाएर ३३ करोड फाइदा हुन्छ

logo
नारायण वली,
प्रकाशित २०७९ साउन १२ बिहिबार
19.jpg

रुपन्देही । शेयर सदस्य संख्या ५ सय ३४ जना रहेको तिलोत्तमा पब्लिक रेल्वे कम्पनी रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा–२ शंकरनगर वनबाटिकास्थित चोकमा स्थापित छ । कम्पनीले २०७६ साल पुस १० गतेसम्म अधिकृत पुँजी जम्मा गर्यो । तिलोत्तमा नगरपालिकाको योगीकुटीदेखि रोहिणी ड्यामसम्मको १५ किलोमिटर दूरीमा पहिलो चरणमा रेल सञ्चालन गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ । 

पहिलो स्थानीय तह पश्चात् तिलोत्तमा नगरपालिकाले २०७६ साल असोज ९ गते आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा राखिएको योजना अनुसार डीपीआर सम्पन्न गरी सोही डीपीआर बमोजिम तिलोत्तमा रिङरोड ट्राम रेल्वे निर्माण गर्न अनुमति दिइएको रेल्वे कम्पनीले राखेको दस्तावेजमा उल्लेख छ । 

उक्त रेल सञ्चालनका लागि निर्माण गरिने भौतिक संरचनाको ईआईए (वातावरण प्रभाव मूल्याङ्कन) को नेपाल रेल विभागबाट सिफारिस भइ वन मन्त्रालयमा स्वीकृतिको प्रक्रियामा रहेको तिलोत्तमा पब्लिक रेल्वे कम्पनीका प्रबन्धक भोलानाथ शर्माले बताएका छन् । उनका अनुसार २०७८ साल पुस २६ गते सम्पन्न दोस्रो पहिलो साधारण सभाले नयाँ सञ्चालक समितिसमेत गठन गरेको छ ।

हालसम्म तिलोत्तमा पब्लिक रेल्वे कम्पनीले सिभिल कन्स्ट्रक्सन वर्क, ट्रयाक कन्स्ट्रक्सन वर्क, इलेक्ट्रिक कन्स्ट्रक्सन वर्क र स्टेशन कन्स्ट्रक्सन वर्कलगायत कार्यको कम्पनीमा सूचीकृत गरी प्रक्रिया अगाडि बढाइएको तिलोत्तमा पब्लिक रेल्वे कम्पनीले बताएको छ । 

पहिलो चरणको योजनामा रेल्वे कम्पनीले जम्मा ५० किलोमिटर दूरीमा नगरभित्र पर्ने योगीकुटीदेखि वनबाटिका हुँदै रोहिणी ड्यामसम्म पहिलो चरणमा १५ किलोमिटर रेल्वे निर्माण पक्रिया अन्तर्गत सिभिल वर्कको प्रारम्भिक कार्यहरु यही साउनदेखि शुरु गरिने तयारी थालिएको रेल्वे कम्पनीका प्रवन्धक शर्माले जनाए ।

बुटवल, भैरहवादेखि लुम्बिनीसम्म रेल सञ्चालन गर्न लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय, योजना आयोगको कार्यालय र यातायात मन्त्रालय प्राविधिक सर्वे तथा अध्ययनका लागि आवश्यक बजेट निकासा गर्ने बारेमा सकारात्मक रहेको साथै संघीय सरकारसँग पनि बजेटको लागि समन्वय प्रक्रिया अगाडि बढाइएको जनाइएको छ । 

यद्यपि उद्देश्य पूरा गर्न आर्थिक संकट पैदा भए कम्पनीको शेयर सदस्य बढाउन नयाँ सदस्यता खोलिने, स्थानीय, प्रदेश र संघीय सरकारसमेत शेयर सदस्य हुने गरी लगानी गर्ने वातावरण तयार गरिने र अरु  विकल्पका रुपमा राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थाहरुबाट ऋण लिन सकिने व्यवस्था गरेर भए पनि योजना पूरा गरेरै छाड्ने कम्पनीले जनाएको छ । 

रेल सञ्चालनपछि हुने फाइदाः
–कम भाडामा यात्रुहरुलाई ओसारपसार हुने ।
–पर्यटकहरुलाई सहज र आकर्षणको केन्द्र ।
–स्थानीय स्तरमा उत्पादन वस्तुको बजारीकरण एवं ढुवानीमा सहज ।

आम्दानी–यात्रुहरुको सम्भावना के छ ?
योगीकुटीदेखि रोहिणी ड्यामसम्म १५ किलोमिटरको दूरीमा रेल सञ्चालन भएमा अन्य खर्च कटाएर १ वर्षमा एक करोड आम्दानी हुने भएको कम्पनीले अनुमान गरेको छ । त्यस्तै डीपीआर अनुसार सञ्चालन गरिएमा ५० किलोमिटर दूरीमा ३३ करोड आम्दानी हुने उल्लेख गरिएको छ ।

एउटा रेलमा ३ वटा डिब्बा हुने, त्यसमध्ये एउटामा ७० जना चढ्न मिल्ने र दैनिक सो रेलमा १० हजार यात्रुहरुले सवारी गर्ने अनुमान गरिएको छ । जसअनुसार महिनामा ३ लाख भन्दा माथिले यात्रा गर्ने अपेक्षा गरिएको छ भने कर्षमा ३६ लाख २८ हजार यात्रुहरु चढ्ने जनाइएको छ । रिङरोड अन्तर्गत भाडादर भने प्रतिव्यक्ति १ सय रुपैयाँ तोकिने कम्पनीका प्रवन्धक शर्माले जनाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ