- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । बेलहिया–बुटवल सडकखण्डको निर्माण एवं विस्तारकार्य गर्नका लागि करिब ६ वर्षअघि बेलहिया–बुटवल सडक विस्तारको काम हात पारेको द कञ्चनजंगा–बिरुवा जेभीले हालसम्म पनि पूरा नगरेको थप सडको अवस्था जीर्ण बनाएर अलपत्र पारेपछि अहिले सर्वसाधारण तथा सवारी साधनलाई आवागनमा निकै सास्ती खेप्दै आएको दुःखेसो आमनागरिकसँग छ ।
यो अवधिमा यहाँका विभिन्न सरोकारवालाहरुले पटक–पटक सम्बन्धित निकायमा बुझाउँदै, सडकका कारण आवागमन, उच्च दुर्घटनाको जोखिम, व्यापार घाटा लगायतका समस्या देखाउँदै यथाशिघ्र निर्माण कम्पनीका ठेकेदारलाई सडक विस्तारको कामलाई शुरु गर्न भन्दै ज्ञापन पत्र बुझाए पनि तर ठेकेदार पक्षले भित्रभित्रै पैसा हात पार्ने काम नगर्ने प्रवृत्तिले उक्त आयोजना अहिले अलपत्र अवस्थामा छ ।
यतिमात्रै होइन, पछिल्लो समय जब चुनाव आउँछ, त्यतिबेला मात्रै सडकमा आयोजना हुने राजतीनिक कार्यक्रममा बाेल्ने नेताहरुले एउटा आवाज उठाउने र अर्काे विरोध भाषा बाेल्ने भएकाले पनि पछिल्लो समय सो सडकमा राजनितिक घुसेको भन्ने जनगुनासोसमेत हुन थालेको थियो ।
केहीसमय अगाडि न गुनासो सुन्ने, न काम गर्ने गरेको द कञ्चनजंगा–बिरुवा जेभीका ठेकेदार सुवित श्रेष्ठले गत असार मसान्त सकिने बेलामा जबकि तोकिएको समयसीमा सकिने मिति नजिकिदै गर्दा सबैभन्दा जीर्ण बनेको बुटवलको अस्पताल लाइन अगाडिदेखि ट्राफिक चोकसम्मको करिब ३ मिटर सडकलाई कालोपत्रे गर्न खोजे पनि त्यही सीमित सडकलाईसमेत कालोपत्रे गर्न नसकेर असार मसान्त भन्दा अगाडि ८ करोड २४ लाख रुपैयाँ लगिसकेको निर्माण कम्पनीले थप ५ करोड भन्दामाथि लगेर अहिले कूल १३ करोड ६४ लाख रुपैयाँ भुक्तानी लगिसकेको सडक विभाग व्यापारिक मार्ग विस्तार आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले जनाएकी छिन् ।
आयोजनाकी सूचना अधिकारी ज्ञवालीका अनुसार निर्माण सम्झौता भएको ६ वर्षसम्म पनि सडक निर्माणको काम सम्पन्न नगरेको भन्दै बेलहिया–बुटवल व्यापारिक आयोजनाले ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता अन्त्य गर्न प्रक्रिया शुरु गरेको बताइन् ।
शुक्रवार आयोजनाले एक सूचना प्रकाशित गर्दै, व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया–बुटवल सडकले ठेक्का लगाएका कार्यको न्यून कार्य प्रगति भएको, म्याद समाप्त भएका र बाह्य समस्या विना पनि लामो समयसम्म निर्माणको कार्य रोकिएको भन्दै ठेक्का सम्झौता अन्त्य किन नगर्ने भन्दै सूचना प्रकाशित गरेको जनाएकी छिन् ।
ज्ञवालीले ठेकेदार कम्पनीलाई निर्माणकार्य अगाडि बढाउन विभिन्न मितिमा लिखित र मौखिक ताकेता गर्दासमेत सन्तोषजनक कार्य प्रगति नभएको भन्दै सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ बमोजिम ठेक्का किन अन्त्य नगर्ने भन्दै एक हप्ते सूचना प्रकाशित गरिएको बताएकी छिन् ।
उनले ठेक्का सम्झौता अन्त्य गर्न नपर्ने कुनै मानसिव कारण भए सात दिनभित्र भरपर्दो स्पष्टिकरण सहित आयोजनाको कार्यालयमा उपस्थित हुन भनिएको बताउँदै स्पष्टिकरण चित्तबुझ्दो नभएमा ठेक्का सम्झौताका सर्त र सिओसी तथा प्रचलित ऐन–नियम अनुसार कानूनी कारबाही अगाडि बढाउने प्रकाशित जारी सूचनामा उल्लेख गरिएको छ ।
आयोजनाले तीन वटा ठेक्का तोड्ने गरी प्रक्रिया शुरु गरेको छ । द बिरुवा कन्स्ट्रक्सन प्रालिमध्ये बानेश्वर काठमाडाैंले लिएको ठेक्का नं.टिआरआईपी–३३७३१२४–विवि–०७३–०७४–००१, बिरुवा–श्रेष्ठ–एपेक्स जेभी काठमाडौंको ठेक्का नं. टिआरआईपी–३३७३१२४–विवि ०७१–०७२–००२ र द कञ्चनजंगा–बिरुवा जेभी, मध्य बानेश्वर काठमाडौंले ठेक्का पाएको ठेक्का नं. टिआरआईपी–३३७३१२४–विवि ०७३–०७४–००३ तोड्ने गरी प्रक्रिया अघि बढाएको हो । ती ३ वटा ठेक्काहरु बुटवल, बेलहिया र पडसरीका हुन् ।
बुटवलको चौराहदेखि चिडियाखोलासम्म ६ लेन सडक बनाउने भनी ठेक्का लिएर काम नगर्ने द कञ्चनजंघा÷बिरुवा जेभीले म्याम थप्न कसरत गरिरहेको वेला यता बेलहिया–बुटवल विस्तार आयोजनाले भने सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ बमोजिम ठेक्का किन अन्त्य नगर्ने ?भनी स्पष्टिकरण माग गर्दै यद्यपी चित्तबुझ्दो जवाफ नआए ठेक्का रद्ध गर्ने चेतावनी दिएको छ ।
बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत साढे ३ किलोमिटर सडक ३० महिनामा पूरा गर्नेगरी २०७३ चैत १२ मा सम्झौता भएको थियो । कञ्चनजंघा–बिरुवा जेभीले ठेक्का पाएको सडक अन्तिम पटकका लागि भन्दै थपिएको म्याद पनि गत असार ३० गते सकिएको छ । तर असार २० गतेसम्म सडकको भौतिक प्रगति २५.५ प्रतिशत मात्रै छ । निर्माणाधीन सडक वर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुँदा पैदलयात्री देखि व्यापारीसम्मले सास्ती ब्यहोर्दै आएका छन् ।
सो सडकको करिब ८० प्रतिशत क्षेत्रमा नाली निर्माणको काम सकिएको छ । सर्भिस लेन र नालीमाथि रहेका विद्युतका पोल, ट्रान्सफर्मर हटाउन बाँकी छ । खानेपानीको पाइप सम्बन्धी काम पनि अधुरै छ । २०७६ असोजमा पूरा गर्ने गरी सम्झौता भएकोमा सडकको ८२ फुट क्षेत्रभित्र घर परेका घरधनीले अदालतमा मुद्दा हालेपछि २ वर्ष काम रोकिएको थियो ।
२०७५ साल वैशाख १२ गते अदालतको आदेशले सडक निर्माणको बाटो खुलेपछि २०७७ जेठमा पूरा गर्नेगरी पहिलो पटक म्याद थपिएको थियो । तर निर्माण कम्पनीले काम गर्न नपाएको भन्दै दोस्रो पटक २०७७ पुस १० गते मन्त्रिपरिषद् बैठकले २०७९ असार मसान्तसम्मका लागि म्याद थप गरेको थियो ।
त्यसयता काम गर्न कुनै अवरोध नभए पनि ठेकेदारको लापरवाही गरेकाले सडक निर्माणले गति लिन सकेन । बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख दीपक झाले भने, ‘ठेकेदारलाई बारम्बार ताकेता गर्दापनि तर ठेकेदारले काम गर्न व्यवास्ता गरेकाले सडको काम अझै अलपत्र पर्दै आएको छ ।’
ठेकेदार सम्पर्कमै नआउने समस्या भएपछि गत वर्ष असार १८ गते प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी प्रमुख लगायतको रोहवरमा ठेकेदार सुवित श्रेष्ठले २०७९ असार मसान्तसम्म काम सक्ने लिखित प्रतिवद्धता जनाए पनि काम गरेनन् ।
शुरुमा सम्झौता गर्दा ४७ करोड २७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएकोमा संशोधित हुँदा लागत बढेर ५३ करोड ९८ लाख रुपैयाँमा सम्झौता भएको हो ।