- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दाङ । दाङमा करेन्ट लागेर आज दिउसो दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नं. २ बाहुनेपाटा निवासी २८ वर्षीय बासु गाहामगर र उनकी २५ वर्षीया श्रीमती हीमा गाहा मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालका अनुसार उनीहरुको सोमबार दिउँसो करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।
करेन्ट लागेर बासुकी भाउजु २७ वर्षीया भीमा गाहामगर घाइते भएकी छन् । उनको भालुवाङ अस्पतालमा उपचार भइरहेको छ ।
कपडा सुकाउने क्रममा भीमालाई करेन्टको झड्काले फालेपछि के भएको हो भनी देउरानी हिमाले विद्युतको तार छुँदा करेन्ट लागेको थियो ।
करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान् बासुले काचो लठ्ठीले तारलाई हिर्काउँदा तार चुडिएर उनको शरीरमा परेपछि करेन्ट लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहीले जनाएको छ ।
मृतक बासु र हीमाको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरी प्रवक्ता रिजालले बताए ।