arrow

रुपन्देही स्नुकर खेलका संस्थापक अध्यक्ष हरि, सचिव शिवलाई सम्मान

logo
नारायण वली,
प्रकाशित २०७९ साउन १७ मंगलबार
ri.jpg

रुपन्देही । रुपन्देहीमा २०६८ साल तिर स्नुकर नामको खेलकुदलाई प्रोत्साहन गर्दै जिल्लामा ल्याएर हरेक युवाहरुलाई स्नुकर खेलको पहिचान गराएका बुटवलका खेलप्रेमी युवा हुन् भुपेन्द्र बहादुर थापा क्षत्री (हरी) । सो खेललाई जिल्लामा विकास गरी जिल्ला स्तरिय, क्षेत्रिय र केन्द्रीय स्तरको टुनामेण्ट सम्म खेलाउने उद्देश्य अनुसार अगाडि बढेर युवाहरुको हातमा जिम्मा लगाए ।

स्नुकर खेल स्वास्थ्यका लाभदायक रहेको बताइन्छ । कम्तीमा पनि एउटा खेल खेल्दा वरिपरि हिँडे पनि करिब २ किलोमिटर बराबर हिँडिरहनु पर्ने, मानसिक क्षमताको वृद्धि जस्ता मानिसलाई अन्य कुलत र अनैतिक कार्य गर्नमा लाग्ने बाट बचाएर खेलप्रति चासो जाग्ने  बनाउने कार्यक्रममा वोल्ने बक्ताहरुले बताएका थिए ।

कार्यक्रममा वोल्दै रुपन्देही पुल तथा स्नुकर संघका जिल्ला अध्यक्ष गजेन्द्रमान श्रेष्ठले स्नुकर खेललाई थप औपचारिक रुपमा विकास गराउनका लगि प्रशिक्षण र प्रशिक्षकको खाँचो पर्ने भएकाले संघमा रकम नभएकाले जिल्ला खेलकुद विकास समिति रुपन्देहीको पहलमा बजेट विनियोजन भएमा क्षेत्रिय स्तर सम्मको खेलमा भाग लिन सक्ने खेलाडिहरु उत्पादन गर्न सकिने वताए । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद“ भन्ने मुल नाराका साथ अगाडि बढेको उक्त खेललाई बुटवलको अमरपथ स्थित सिंह कम्पेक्समा खस्यौली स्नुकर क्लब गठन गरी व्यवस्थित रुपमा सञ्चालन गरिएको छ । 

रुपन्देही पुल तथा स्नुकर संघले आयोजना गरेको कार्यक्रममा उपस्थित सहभागिहरुले सोही खेल क्षेत्रका हस्तिहरु द्धय हरि क्षत्री र शिव राणालाई माथिल्लो तहसम्म पुग्न सफल भएको भन्दै प्रशंसा गरेका थिए । हालै नबनियुक्त रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष, रुपन्देही पुल तथा स्नुकर संघका संस्थापक अध्यक्ष एंव केन्द्रीय सदस्य भुपेन्द्र बहादुर थापा क्षेत्री (हरि) लाई सम्मान गरिएको हो।

बुटवल उप–महानगरपालिका वडा–१५ का वडाध्यक्ष एंव बुटवल उपमहानगरका प्रवक्ता र रुपन्देही पुल तथा स्नुकर संघका जिल्ला सचिव शिव राणाले पनि उक्त खेलकुदमा आबद्ध रहँदै गर्दा गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बुटवल उप– महानगरपालिका वडा– १५ को वडाध्यक्षमा सबैभन्दा कम उमेरमा वडाको नेतृत्व सम्हाल्न पुगेको भन्दै सम्मान गरिएको थियो । कार्यक्रमको सहजिकरण शंकर खड्का गरे भने, स्वागत कोषाध्यक्ष सञ्जय रत्न बर्जाचार्यले गरेका थिए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ