- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । साउन १५ गते श्रीमानको कुटपिटबाट शरीरमा निल डामसहित न्याय माग्न रुपन्देहीको मंगलापुरस्थित इलाका प्रहरी कार्यालयमा घरेलु हिंसाको निवेदन पेश गर्न गएकी तिलोत्तमा नगरपालिकाकी उपमेयर जागेश्वरीदेवी चौधरीकी बुहारी वर्षाकुमारी चौधरीले मंगलबार इलाका प्रहरी कार्यालय बुटवलमा जबर्जस्ती करणीको मुद्दा दर्ता गरेकी छिन् ।
तिलोत्तमा नगरपालिका वडा- १७ गंगोलिया निवासी ३० वर्षीया वर्षाले आफ्नै श्रीमान मोहन थारुले विगत ६ महिना यतादेखि पटकपटक करणी गरेकाले शारीरिक स्वास्थ्य परीक्षण गरी पाऊँ भनी जाहेरीमा माग गरिएको छ। साथै उने दुवैजनाको स्वास्थ चेकजाँच गर्नुपर्ने उल्लेख गर्दै घटनास्थल वस्तुस्थिति, सर्जमिन मुचुल्का गर्नुपर्ने बताएकी छिन् ।
घरमा सासु ससुरा, पति र छोरासमेत संगोलमा बस्दै आएको र विगतका दिनदेखि श्रीमानले मादक पदार्थ एवं लागू औषध सेवन गरी गालीगलौज गर्ने, कुटपिट गर्ने गरेको घटना विवरणमा जनाएकी छिन् ।
श्रीमानले रातमा, दिनमा अनेकौं बहानाबाजी गर्दै शारीरिक तथा मानसिक यातना दिने गरेको, इच्छा विपरीत जबर्जस्ती करणी गर्ने, बिरामी हुँदा पनि करणी गर्ने र यस्तो नगर्नुस् भन्दा इच्छा र मञ्जुरी विपरीत त मेरो श्रीमती होस् जे गरे पनि मैले पाउँछु भन्दै करणी गरेकाले श्रीमानलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ को दफा २१९ बमोजिम हदैसम्म सजाय गरी क्षतिपूर्तिसमेत दिलाइ भराइ पाउँ भनी भनिएको छ ।
पीडित वर्षाले श्रीमानको अत्याचार र आपराधिक कार्य सहन गर्न नसकी ससुरा, सासुआमा जागेश्वरीदेवी चौधरीलाईसमेत भनेको र सासुआमा तिलोत्तमा नगरपालिकाको न्यायिक समितिको संयोजकसमेत भएको हुँदा उनीबाट न्याय पाउने आशा भएकोमा उनीसमेत छोराले गरेको कार्यमा मौन बसेकाले उपमेयरकैसमेत संलग्नता भएको शंका लागेकाले घरपरिवार झिकाई अनुसन्धान गर्न अनुरोध गरिएको छ।