- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दाङ । पश्चिम दाङमा करेन्ट लागेर एकको मृत्यु भएको छ । दङ्गीशरण गाउँपालिका वडा नं. ६ श्रीगाउँमा करेन्ट लागेर गोरखा आरुघाट गाउँपालिका-४ का २६ वर्षीय कृष्णबहादुर विकको मृत्यु भएको हो ।
विकलाई बागरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनमा मार्बलको काम गर्ने क्रमा आज करेन्ट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए ।
विकको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा आज निधन भएको प्रहरीले जनाएको छ । उनको शवलाई राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।