arrow

रुपन्देहीले नवौं राष्ट्रिय खेलकुदका लागि अस्थायी प्रशिक्षक नियुक्त गर्ने

logo
नारायण वली,
प्रकाशित २०७९ साउन २३ सोमबार
hari1.jpg

रुपन्देही । गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न रुपन्देही खेलकुद विकास समितिले तयारी थालेको छ । कोरोना महामारी र पछिल्लो पटक स्थानीय तह निर्वाचनका कारण पटक–पटक मिति सर्दै आएको राष्ट्रिय खेलकुद आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने निश्चित भएपछि बिभिन्न खेलका लागि आवश्यक अस्थायी कोचहरु नियुक्ती गर्ने सम्बन्धमा रुपन्देही खेलकुद विकास समितिको दोस्रो विस्तारित बैठकले बिभिन्न निर्णय गरेको छ । 

समितिको गत शुक्रवार बसेको बैठकमा भएका निर्णयहरु जानकारी गराउनका लागि समितिले सोमवार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला अध्यक्ष भुपेन्द्र वहादुर थापा क्षत्री हरीले यस्तो जानकारी गराएका हुन् । समितिका अध्यक्ष हरीले भने, देशको गौरवको रुपमा रहेको राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सम्पन्न गर्न र रुपन्देही बाट पनि सबै खेलहरुमा सहभागिता जनाउने गरी अहिले देखि नै तयारी गर्न थालेका छौँ । 

जसका लागि प्रतियोगितामा सहभागी गराउने टोलीलाई अभ्यास दिनको निम्ती अस्थायी रुपमा कोच नियुक्ति गर्ने र सम्भव रहेका खेलहरुको बन्द प्रशिक्षण गराईने र खेलाडीहरुलाई प्रशिक्षणका क्रममा लाग्ने खर्चवारे सरोकारवालाहरु संग माग गरिएको जनाए ।

खेलकुदको तयारी,टिम छनौट एंव बन्द प्रशिक्षणका लागि अनुमानित करिब ५० लाख रुपैयाँ खर्च लाग्ने समितिले जनाएको छ । जिल्ला खेलकुद विकास समिति रुपन्देहीले ३६ वटा खेल सञ्चालन हुने निर्णय गरेको छ । पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रतियोगिताको मिति घोषणा गरेर जिम्मेवारी बाँडफाँट गरेसँगै स्थानीय र जिल्ला स्तरमा पनि खेलकुदलाई प्रतियोगितामा सहभागी गराउन जिल्लाका खेलकुद सम्बन्धि संघसंस्थाहरु चलाएमान हुन थालेका छन् ।  

प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी संघिय सरकार मातहतको राखेपको भएपनि तर आफ्नो प्रदेशमा हुने प्रतियोगितालाई सफल बनाउन प्रदेश खेलकुद परिषद्ले पनि काम अघि बढाएको प्रदेश खेलकुद परिषद् लुम्विनीका सदस्य सचिव जय प्रकाश भट्टराईले वताए । उनले भने, लामो समयपछि हुन लागेको राष्ट्रिय खेलकुदको अपनत्व सबै प्रदेशवासीलाई दिन ४ दशकपछि हुन लागेको प्रतियोगितामा सबैको अपनत्व होस् भनेर हामीले ३६ वटा खेलहरुलाई समावेश गर्ने तयारी थालेका छौं । 

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रुपन्देही खेलकुद विकास समितिले फुटवल, एथ्लेटिक्स, बक्सिङ्ग, तेक्वान्दो, कराते, भारोत्तोलन, भलिबल, टेबलटेनिस, कबड्डी, कुस्ती, व्याड्मिन्टन, उसु, जुडो, बाक्केटबल, बुद्धिचाल, ह्याण्डबल, आई.टि.एफ.तेक्वान्दो, फुलकन्ट्याक्ट कराते, सुटिङ्ग, क्रिकेट, खोँ खो, लन टेनिस, पौडि, शारिरीक सुगठन, सेपाकताक्रो, जिम्न्याष्टिक, हक्की, स्क्वास, साइक्लिङ्ग, फेन्सिङ्ग, ट्रायथेलन, प्यारा ग्लाईडिङ्ग, गल्फ, सफ्टटेनिस, आर्चरी, रग्बी सेभेन ए साईड गरी ३६ वटा खेलहरु रहेका छन् भने, कुल ४ सय ७ वटा टिम संख्या र खेलाडि संख्या भने ७ सय ८ जना हुने भएका छन् ।

समितिले खेलको बाँडफाँट गर्दै, कार्यसमितिका सदस्यहरुलाई जिम्मेवारी समेत तोकेको छ । समितिले रुपन्देही भित्र छरिएर रहेका सम्पूर्ण खेल संस्था र क्लवहरुलाई एउटै छातामूनि ल्याउन सोही दिनवाट दर्ता प्रक्रियाको थालनी गर्ने भएको छ । समितिले क्लवलाई दर्ता स्वरुप ५ हजार र खेल संस्था दर्ता स्वरुप १० हजार रुपैयाँ लिने तोकेको उल्लेख गरेको छ । साथै, पोखरा हुने प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद् संग समन्वय गरी बन्द प्रशिक्षण यही साउन २५ गतेदेखि भदौ ५ गते सम्म गरिने र उत्कृष्ट हुने खेलाडिहरुको प्रदेशमा नाम सिफारिस गरिने भएको छ ।

निम्नलिखित खेलहरुका लागि अस्थायी प्रशिक्षक नियुक्ति गर्ने र तोकिएको मापदण्ड पुगेको खण्डमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितापछि मेडल प्राप्त गर्ने प्रशिक्षकहरुलाई नगद र प्रमाणपत्र सहित आधिकारिक रुपमा स्थायी कोच नियुक्तिका लागि प्रदेश खेलकुद परिषद् एंव केन्द्र सरकारमा परिपत्र गरी नियुक्ति गर्न पहल गर्ने जनाईएको छ । 

यसरी तोकिएको छ खेल संयोजकः
१–भुपेन्द्रबहादुर थापा क्षत्री (हरी)
फुटबल, बक्सिङ्ग, कुस्ती, उसु, लन–टेनिस, साइक्लिङ्ग
२– प्रागदास गोर्खाली
तेक्वान्दो, कराँते, जुडो, आई.टी.एफ.तेक्वान्दो, फुलकन्ट्याक कराँते, सुटिङ्ग, सेपा–कराँते, फेन्सिङ्ग 
३– पशुपति उपाध्याय
एथ्लेटिक्स, बुद्धिचा, स्विमिङ्ग (पुरुष)
४– जयबहादुर सुनार (धुव्र)
व्याडमिन्टन, क्रिकेट, हक्की
५– अर्जुनबहादुर क्षत्री (हप्पु)
भारोत्तोलन, फिजिकल फिटनेश, प्याराग्लाइडिङ्ग, गल्फ
६– रामबहादुर थापा
भलिबल, कबड्डी, खो खो, जिम्न्याष्टिक 
७– राजेन्द्र श्रेष्ठ
टेवल टेनिस
८– रिता केसी
ह्यान्डबल, रग्बी सेभेन ए साइड, स्विमिङ्ग (महिला)

९– राधिका चौधरी
स्क्वास, ट्रायथलन, सफ्टटेनिस
१०– रमेश थापा
बास्केटबल, आर्चरी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ