arrow

बालेनको आक्रोशः फोहर बोक्ने साधनको तोडफोड जघन्य अपराध 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २४ मंगलबार
walendra-sah-2079-0305.jpg

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख वालेन्द्र साह (बालेन) ले फोहर बोक्ने तथा व्यवस्थापनमा प्रयोग गरिएका साधनमाथिको तोडफोड जघन्य अपराध भएको बताएका छन् । 

अज्ञात व्यक्तिले सोमबार राति बन्चरे डाँडामा रहेका फोहर बोक्ने र व्यवस्थापनमा प्रयोग गरिने साधनमाथि तोडफोड भएपछि मेयर साहले उक्त कार्य जघन्य अपराध भएको प्रतिक्रिया दिएका हुन् । 

विभिन्न बहानामा फोहर व्यवस्थापनमा अवरोध गर्ने प्रयास नगर्न आग्रह गरेका उनले फोहोर बोक्ने साधनमाथिको तोडफोड घटनाको अनुसन्धान गर्न र सुरक्षाको व्यवस्था गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् । 

सवारीसाधन तोडफोड गर्नलाई कडा कारबाही गर्न माग गर्दै मेयर साहले फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा यस घटनालाई लिएको बताएका छन् । 

सवारीसाधन तोडफोड घटनालाई लिएर मंगलबार अपरान्ह मेयर साहले फेसबुकमा लेखेका छन् – ‘फोहर व्यवस्थापनप्रति हामी शुरुआतदेखि नै संवेदनशील र क्रियाशिल छौँ । यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो । वर्षौँदेखि अव्यवस्थित भएको फोहरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ । यसै क्रममा हिजो राति फोहर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोड भएको छ । फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ । कानूनीरुपमा पनि फोहर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध हो । कानून बमोजिम अपराधीहरुलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट छ । तोडफोड गर्नेहरुबाट नै यसको भर्पाइ तथा क्षतिपूर्ति गराउनु पर्छ । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको छ । केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरुको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न सकिँदैन । विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अवरोध गर्ने प्रयास कसैले पनि नगरौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ