arrow

एन्फाले के के गर्‍यो निर्णय ? विवादित विदेश विभाग प्रमुख पाण्डे हटाइए, अध्यक्षका प्रमुख सल्लाहकार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
anfa-logo-final.jpg

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमिति बैठकले विदेश विभाग प्रमुखबाट नवीन पाण्डेलाई हटाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको बैठकले पहिलो कार्यसमिति बैठकबाट नियुक्त भएका पाण्डेलाई पदमुक्त गर्दै अध्यक्ष पंकजविक्रम नेम्बाङको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको छ ।

 यस्तै एन्फाले राष्ट्रिय पुरुष फुटबल टिमको कार्यबाहक मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईँलाई नियुक्त गरेको छ । वर्तमान प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा रहेकाले कार्यबाहक प्रशिक्षकको रुपमा हुमागाईंलाई नियुक्त गरेको हो । 

यस्तै एन्फाले यु–१८ ललित स्मृति प्रतियोगिता, ए बी सी डिभिजन लिगको मिति तय गरेको छ । एन्फाको प्रवक्तामा सुरेश शाह नियुक्त भएका छन् । मानार्थ अध्यक्षमा पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ र मानार्थ वरिष्ठ उपाध्यक्षमा किशोर राईलाई नियुक्त गरेको छ ।

यस्ता छन् निर्णयहरु–


 



नयाँ