arrow

देउवा सरकारप्रति ओलीको टिप्पणी- अलच्छिना कहाँबाट पस्यो ?

मसँग उपचार गर्ने पैसा छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २९ आइतबार
kp-oli-balkot-meet.jpg

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले देउवा सरकारमा अलच्छिना पसेको टिप्पणी गरेका छन् । आइतबार राष्ट्रिय युवा सम्मेलनमा बोल्दै ओलीले आफू प्रधानमन्त्री हुँदा राष्ट्रको ढुकुटीमा पैसाको खाँचो नभएको तर अहिलेको सरकारले जे काम गर्न पनि पैसा छैन भन्ने गरेको सुनाए । 

अध्यक्ष ओलीले आफु प्रधानमन्त्री हुँदा हुलाकी राजमार्ग, रानीपोखरी, धरहरा, दरबार हाइस्कुल, आर्मीको हेडक्वार्टर, आर्मीको युनिभर्सिटी, ३ सय ९६ वटा हस्पिटल निर्माणका लागि पैसा भएको बताए । 

सरकारमा अलच्छिन पसेको भन्दै उनले भने,' म प्रधानमन्त्री हुँदा पैसा छैन भनेको सुन्नुभयो ? ३ सय ९६ वटा हस्पिटल मैले एकै ठाउँबाट शिलान्यास गरेँ । बजेट छुटाएँ, निर्माण कार्य सुरु भयो पैसा छ । पैसा कहाँ जान्छ, अलच्छिना कहाँबाट पस्यो ? चिन्ता त्यो हो । पैसा कहाँ गयो ? कसरी हरायो त्यत्रो पैसा ?'

अध्यक्ष ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताए । आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै उनले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताए । उनले सांसद भएकाले अलिअलि पैसा त आउने तर त्यसले आफ्नो उपचार गर्न नपुग्ने बताए । आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति राज्यको भइसकेको उनले बताए ।

उनले भने,' सांसद भएकाले अलिअलि त्यहाँबाट आउँछ । नभए म र मेरो श्रीमतीसँग केही छैन । हामीले हाम्रो सबै सम्पत्ति सरकारको नाममा गरिदिएका छौं । तपाईँहरूलाई थाहा छदै छ होला सरकारको नाममा गरिदिएपछि त्यसलाई बेच्न वा धितो राखेर पैसा निकाल्न मिल्दैन । अब तपाईँहरूले उपचार गराइदिनुभयो भने छुटै कुरा नभए मसँग उपचार गर्ने पैसा छैन ।'

ओलीले अहिलेको सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानीलाई समस्याको रूपमा चित्रित गर्नु गलत भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ