arrow

रानाथारु सङ्ग्रहालय पुनर्वास नगरपालिकालाई हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३ शुक्रबार
tharu-sangrahalaya-punarbas.jpg

कञ्चनपुर । कञ्चनपुरको  पुनर्वास नगरपालिका १ भकुण्डमा रहेको राना थारू संग्रहालय पुनर्वास नगरपालिकाको मातहतमा रहने गरी हस्तान्तरण गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागको आर्थिक सहयोगमा निर्माण भएको रानाथारु समुदायको धरोहरको रूपमा रहेको सङ्ग्रहालय  एक कार्यक्रमकाबीच पुनर्वास नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

६ करोड ३१ लाख ७२ हजार २ सय ३५ रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको रानाथारु सङ्ग्रहालयलाई पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले  पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्मालाई नगरपालिकाले संरक्षण र उपयोग गर्ने गरी हस्तान्तरण गरेका हुन् । 

एक तले  ६ ओटा भवन साखया कम्पाउन्डसहित आरसीसी स्ट्रक्चर सहितको संग्रहालय भवन अत्याधुनिक सुविधा सम्पन्न परम्परागत शैलीमा निर्माण गरिएको छ । 

मन्त्रालयका सीडीई सचेन्द्रकुमार यादव  र नेपाल राना थारु संस्कृति संरक्षण समितिका अध्यक्ष बिश्रम रानाको रहोवरमा पर्यटन विभागले  पुनर्वास नगरपालिकालाई उक्त संग्रहालय भवन जिम्मा लगाएको थियो । 

उक्त राना थारु सङ्ग्रहालय हस्तान्तरण कार्यक्रममा संविधान सभा सदस्य पूर्व सांसद दिवान सिंह विष्ट, नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति गोपीप्रसाद उपाध्याय, बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र राना, समाजसेवी हरि अधिकारी लगायतको टोली उपस्थिति रहेको थियो । 

नेपाल राना थारु संस्कृति संरक्षण समितिका अध्यक्ष बिश्रम रानाका अनुसार सङ्ग्रहालयमा राना थारू समुदायले प्रयोग गर्ने पुराना पुस्ताले प्रयोग गरी लोपोन्मुख सामान देखि वर्तमान पिँढी सम्मकाले प्रयोग गर्ने सामानहरू राखिने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ