arrow

नेपाल राष्ट्रले एक बौद्धिक नेता गुमायो : सभापति पुन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ५ आइतबार
pradip-giri-died-2079-05-04.jpg

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रतिनिधि सभा सदस्य समेत रहेका गिरीको ७५ वर्षको उमेरमा गए राती उपचारकै क्रममा मेडिसिटी हस्पिटलमा मृत्यु भएको थियो । 

नेपाल राष्ट्रले एक बौद्धिक नेता, समाजवादका चिन्तक, समालोचक एवम् कांग्रेसले कुशल संगठक र अभिभावक गुमाएको सभापति पुनले बताएका छन् । नेपालको प्रजातान्त्रिक आन्दोलन तथा पार्टी सङ्गठनमा गिरीले पुर्‍याएको योगदानको स्मरण गर्दै नेपाली राजनीति र पार्टीमा गिरीको अभाव सधै रही रहने पुनले बताएका छन् । 

सभापति पुनले गिरीको निधनको खबरले आफूलाई अत्यन्तै दुःख लागेको उल्लेख गर्दै गिरिप्रति श्रद्धाञ्जलीसहित शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ