arrow

डा शर्माद्वारा सञ्चालित एम्बुलेन्स क्याम्पबाट साउनमा १५ हजार बिरामीले पाए निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ५ आइतबार
nobel-ultrasound-111.jpg

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले सञ्चालन गराएको एम्बुलेन्स क्याम्पबाट गत साउन महिनामा मोरङको क्षेत्र नं. ३ का १५ हजार भन्दा बढी बिरामी लाभान्वित भएका छन् । क्षेत्र नं.३ मा पर्ने बेलबारी, सुन्दरहरैंचा, पथरीशनिश्चरे र कानेपोखरीमा सञ्चालित एम्बुलेन्स क्याम्पबाट साउन महिनाभरमा १५ हजार २ सय ५० विरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।

सो अवधिमा २ हजार ८ सय ७२ जनाको रक्त परीक्षण, २ हजार ३ सय ८१ जनाको भिडियो एक्सरे र १ हजार ४ सय ७९ जनाको मुटुको जाँच इसीजी गरिएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार दाँतमा समस्या भएका ८ सय १३ जनाको दाँत खोलिएको छ । 

यता एम्बुलेन्स क्याम्पमा उपचार सम्भव नभएका ७ हजार ४ सय ३२ बिरामीलाई नोबेल अस्पतालमा ल्याएर उपचार गरिएको छ । जसमध्ये ३ सय १३ जनाको शल्यक्रिया गरिएको छ । बिरामीहरुलाई अस्पताल ल्याउने र पुर्र्याउने व्यवस्था पनि नोबेल अस्पतालले नै मिलाएको छ ।
    
यसअघि गत असार महिनामा एम्बुलेन्स क्याम्पबाट १४ हजार ५ सय ६३ बिरामीले निःशुल्क उपचार पाएका थिए । गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको नोबेलले केही महिनायता स्वास्थ्य शिविरसँगै एम्बुलेन्स क्याम्प पनि सञ्चालन थालेको हो । 

बेलबारी–४ स्थायी घर भएका डा. शर्मा नेपाली कांग्रेसका नेतासमेत हुन् । गत प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका डा. शर्मा चुनाव हारेर पनि निरन्तर जनताको सेवामा सक्रिय छन् । 

उनले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई निःशुल्क उपचारको व्यवस्था मिलाउन ‘एम्बुलेन्स क्याम्प’ सञ्चालन गराएका हुन् । उनले शनिबार बाहेक हरेक दिन दुई टोली डाक्टरहरु एम्बुलेन्स लिएर टोलटोलमा पुगी त्यहाँ रहेका बिरामीहरुको उपचार गर्ने गरेका छन् । 

भिडियो एक्सरे, ल्याब टेष्ट र ईसीजी त्यहीं गर्ने गरिएको छ । त्यहाँ उपचार सम्भव नभएका बिरामीलाई नोबेल अस्पताल ल्याइ उपचार गरेर घर पुर्याउने व्यवस्था पनि डा. शर्माले नै मिलाइदिएका छन् । एम्बुलेन्स क्याम्पबाट बिपन्न बिरामीहरु बढी लाभान्वित भएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ