arrow

चोलेन्द्र विरुद्धको महाभियोग सिफारिस समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ८ बुधबार
cholendra-rana-chief-justic.jpg

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगमाथिको सिफारिस गर्न बनेको महाअभियोग सिफारिस समितिको बैठक आज बस्दैछ । मङ्गलवार बसेको बैठक विषयवस्तुमा प्रवेश नै नगरीकन पुनः बस्ने गरी स्थगित भएको थियो ।

आजको बैठकमा कार्यविधिको मस्यौदामाथि छलफल गरेर कसरी अगाडि बढ्ने भन्ने विषय तय गरिने समितिका सभापति रामबहादुर विष्टले जानकारी दिए । 

मङ्गलवारको बैठकमा सांसदहरूले निर्वाचनको समयमा आएर गठन भएको समितिले तयार पारेको प्रतिवेदन संसद्मा प्रवेश पाएन भने त्यसको अर्थ नहुने धारणा राखेका छन् ।

सिंहदरबारमा बसेको बैठकमा सांसद विष्णु पौडेलले छ महिना समय कटाएर तीन महिनाको समयमा गर्नुपर्ने काम निर्वाचनको मुखमा आएर समिति गठन गरेको भन्दै समितिले तयार गरेको प्रतिवेदन समितिमा निर्माणार्थ प्रस्तुत हुन नपाउने हो कि भन्ने चिन्ता व्यक्त गरेका थिए ।

कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले पनि समितिले बनाएको प्रतिवेदनको औचित्य हुनुपर्ने नत्र त्यसको अर्थ नहुने धारणा राखे ।
  
सांसदहरू यशोदा गुरुङ सुवेदी, मीनबहादुर विश्वकर्मा र इकवाल मियाँले छ महिना बितिसकेको हुनाले एक महिनाभित्र सम्पूर्ण काम सक्ने गरी कार्यतालिका बनाएर काम अघि बढाउनुपर्ने धारणा राखेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ