arrow

बुुटवलमा निर्मित बहुउद्देश्यीय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री देउवाद्धारा उद्घाटन

logo
नारायण वली,
प्रकाशित २०७९ भदौ ११ शनिबार
deuba.jpg

रुपन्देही । प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलमा निर्मित बहुउद्देश्यीय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिवार एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट बुटवल मण्डपमा उत्रिएका प्रधानमन्त्री देउवाले उक्त सम्मेलन केन्द्रको उद्घाटन गरेका हुन् ।

बुटवल मण्डपमा निर्मित सभाहल र प्रदर्शनीस्थललाई शहरी विकास मन्त्रालयमार्फत् १ अर्ब ११ करोड लागतमा निर्माण गरिएको बताइएको छ । सभाहल सञ्चालनमा आएसँगै अबदेखि बुटवलमा कुनै पनि राष्ट्रिय स्तरका कार्यक्रम गर्न सहज हुने भएको छ । यसभन्दा अघि ठूलो क्षमताको सभाहल नहुँदा खुल्ला आकासमुनि कार्यक्रम गर्नुपर्ने बाध्यता रहेको थियो ।

उद्घाटन समारोहमा प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाँण, शहरी विकासमन्त्री मेटमणि चौधरी, नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल, पूर्व शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलगायत नेताहरुको उपस्थिति रहेको थियो । सभाहल बुटवल उपमहानगरपालिका– १० रामनगरमा निर्माण गरिएको छ । सो सभाहल निर्माणका लागि ०७१ साल माघ १५ गते ठेक्का सम्झौता गरिएको थियो ।

साढे ९ बिगाहा क्षेत्रफलमा १ हजार १ सय क्षमताको मुख्य हल र अन्य १२ वटा साना हल सम्मेलन केन्द्रमा रहेका छन् । २ हजार ७ सय क्षमताको मोफसलकै ठूलो र सुविधा सम्पन्न सभाहल ८ वर्ष लगाएर तयार भएको छ । ५० देखि ५ सय ५० सिट क्षमताका १२ वटा साना–ठूला हलहरु छन् । सबै गरेर सम्मेलन केन्द्रको क्षमता २ हजार ७ सय रहेको र सबै हलहरु वातावरणकूलित र ठूलो हलको मात्र इन्टेरियर गरिएको आयोजना प्रमुख धमेन्द्र पन्थीले बताएका छन् ।

सम्झौता भएर निर्माण शुरु भएको सम्मेलन केन्द्रले महाभूकम्प र नाकाबन्दीसँगै नदीजन्य पदार्थको अभाव खेप्दा ढिला भएको निर्माण कम्पनीले बताएको छ । दोस्रो चरणमा ०७४ सालमा सम्झौता गरी ०७६ कात्तिकसम्मको समयावधि तोकेर काम भएको भए पनि तोकिएको समयमा काम नसकिएपछि ०७९ कात्तिकसम्म म्याद थप गरिएको थियो । 

यसअघि बुटवल उपमहानगरले सञ्चालन गर्ने गरी सहमति भए पनि तर सञ्चालनमा धेरै खर्च लाग्ने भएकाले कसले चलाउने भन्नेबारे ठोस हुन सकेको छैन । आयोजनाका अनुसार सम्मेलन केन्द्रको सञ्चालन खर्च अनुमानित वार्षिक ३ करोड रुपैयाँ आउन सक्ने बताइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ