arrow

नागरिकका समस्या सिधा जनप्रतिनिधिसम्म पुर्‍याउन सूचना ‘स्टिकर’

logo
नारायण वली,
प्रकाशित २०७९ भदौ ११ शनिबार
10.jpg

रुपन्देही । जनताबाट चुनिएर नेतृत्वमा पुग्ने जनप्रतिनिधिहरु चुनावपछि भने खोज्दा पनि नभेटिने गरेको तिता गुनासा नागरिक सामु नभएका होईनन् । चुनावका बेलामा जनताको घरदैलोमा पुगेर केही समस्या परे भन्नुस् है भन्दै चुनावमा प्रतिनिधित्व गर्ने नेताहरुले भोट माग्ने प्रचलन अझै पनि कायमै छ । 

टोल र गाउँ बस्ने धेरैजसो जनताहरुले जनप्रतिनिधिहरुको भूमिका के हो ? भन्ने सम्मको जानकारी छैन । चुनावका बेला भोट दिएर आफ्नो दैनिकी मेलोमा लाग्ने नागरिकहरु आफ्नै व्यवहारमा ठिक्क हुन्छन् । उनीहरुलाई चुनावताका साथ दिने आश्वासन दिने नेताहरुलाई भने समस्या परेको बेला खोज्दा पनि भेट्न सक्दैनन् । तर रुपन्देहीको बुटवल उप–महानगरपालिका वडा न–१० को वडामा भने फरक दृश्य फेला परेको छ । 

सो वडाका प्रत्येक घरहरुमा एउटा स्टिकर टाँसिएको छ । जनप्रतिनिधिहरुको तस्विर सहितको स्टिकरमा वडा कार्यालयको सम्पर्क नम्वर देखि इलाका प्रहरी कार्यालय बुटवल, वडा प्रहरी कार्यालय रामनगर बुटवल, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल, नगर प्रहरी कार्यालय योगिकुटी, दमकल बुटवल उपमहानरपालिका, एम्बुलेन्स इन्चार्ज, नेपाल विद्युत प्राधिकरण बुटवल, ब्लड बैंक र नेपाल टेलिकमको नागरिक सहायता कक्षको नम्बरहरु उल्लेख गरिएको छ ।

घरघरमा स्टिकर राखिएको वारे बुटवल उपमहानगरपालिका वडा न–१० वडाध्यक्ष बल बहादुर पुनले नागरिक र जनप्रतिनिधिबीच सिधा कुनै पनि समस्या परेमा सम्पर्क गर्न सहयोग पुगोस् भनेर उक्त कार्यलाई जोड दिएको वताए । उनले भने, मैले ०७४ सालमा वडासदस्य भएर ५ वर्ष जनताको सेवा गर्दा धेरै जसोलाई सानातिना समस्या पर्दा दुःख पाएको स्मरण गरेको बताउँदै आगामी दिनमा हरेक टोलवासी नागरिकहरुलाई सामान्यदेखि जटिल समस्या परेमा जतिबेला पनि सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यका साथ स्टिकर टाँसिएको जनाए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ