arrow

प्रधानमन्त्रीसँग ‘नेशनल डिफेन्स कोर्ष’ भ्रमण दलको भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १४ मंगलबार
marsal.jpg

काठमाडौं । नेपाल भ्रमणमा रहेको मित्रराष्ट्र भारतको ‘नेशनल डिफेन्स कोर्ष’-६२ को भ्रमणदलले प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टचार भेटवार्ता गरेको छ । 

यही भदौ १२ गतेदेखि नेपाल भ्रमणमा रहेको उक्त भ्रमण दलका प्रमुख ‘एयर भाइस मार्शल’ तेजविर सिंहले सोमवार शिष्टाचार भेटघाट गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त शिष्टाचार भेटघाट पूर्व भ्रमण दलले जङ्गी अड्डाको भ्रमण गरेको थियो ।

भ्रमणको क्रममा भ्रमण दलका सदस्यहरू नेपाली सेनासँग सम्बन्धित विषयमा आधारित प्रस्तुतिकरण तथा अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भएको निर्देशनालयले जनाएको छ । 

सोही क्रममा, उक्त भ्रमण दलका प्रमुखले प्रधान सेनापति प्रभुराम शर्मासँग जङ्गी अड्डामा शिष्टाचार भेटघाट गरेका थिए । 

भ्रमण दलले पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेडक्वाटर, काठमाडौँ दरबार स्क्वायर, लुम्बिनी, नाम्चे बजार तथा काठमाडौँ र पोखरामा अवस्थित विभिन्न पर्यटकीयस्थलको अवलोकन भ्रमण सम्पन्न गरी भदौ १६ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । 

विगतदेखि नै प्रचलनमा रहेको यस प्रकारको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई थप सुदृढ पार्नुका साथै आपसी सम्बन्धलाई थप उचाइमा पुर्‍याउन मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ