- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
लम्की, कैलाली । आसन्न मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा नेपाली कांग्रेसबाट सङ्घीय संसद्को उम्मेदवारको लागि कैलाली क्षेत्र नम्बर २ बाट ७ जनाले दाबी पेश गरेका छन् । सङ्घको लागि हिम बहादुर रावल, विजय बहादुर स्वाँर, कमल बहादुर शाह, मोहनसिंह राठौर, टीका कुमारी चौधरी, धर्मराज न्यौपाने र कृष्ण पाण्डेले प्रत्यक्ष तर्फको उम्मेदवारको लागि क्षेत्रीय कार्यालयमा दाबी पेश गरेका कैलाली क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति विष्णुप्रसाद ढकालले जानकारी दिएका छन् ।
सङ्घीय संसद्को समानुपातिक तर्फ पनि ६ जनाले दाबी पेश गरेका छन् । कांग्रेस नेता जनक बहादुर बम, रिता मुडभरी, जितेन्द्र उपाध्याय, सुमन सञ्याल, बलबहादुर विष्ट र लोक बहादुर महतोले क्षेत्रीय कार्यालयमा दाबी पेश गरेको क्षेत्रीय सभापति ढकालले जानकारी दिएका छन् ।
आकाङ्क्षीहरूले उम्मेदवारीको लागि दाबी पेश गर्दा विभिन्न क्षेत्रमा शुल्क लगे पनि कैलाली क्षेत्र नम्बर २ को सङ्घीय तथा प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दाबी पेशमा कुनै किसिमको शुल्क नलिएको क्षेत्रीय सभापति ढकालले जानकारी दिएका छन् ।
उता कैलाली क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा 'क' मा प्रदेश सांसदको लागि ११ जनाको दाबी पेश भएको छ । प्रत्यक्ष तर्फ प्रदेश सांसदको उम्मेदवारका लागि प्रदेश सभा 'क' बाट नमराज उपाध्याय, सूर्यबहादुर बटाला, भक्तबहादुर थापा, धर्मराज न्यौपाने, देवानन्द जैशी, शिवा थापा, पदमराज शर्मा, प्रेमबहादुर विष्ट, हुर्मत बहादुर चलाउने, ईश्वरी प्रसाद देवकोटा र गोविन्द विष्ट गरी ११ जनाको दाबी पेश भएको हो । तर कांग्रेस नेता देवानन्द जैशीले भने सामाजिक सञ्जाल फेसबुकमा लेख्दै 'मैले आगामी निर्वाचनमा सङ्घ प्रदेश, समानुपातिक वा प्रत्यक्ष कुनैमा पनि मेरो उम्मेदवारी दाबी छैन, पार्टीले दिएको जिम्मेवारी ईमान्दारी पूर्वक निर्वाह गर्नेछु' ।
यस्तै प्रदेश सभा 'क' मा प्रदेश समानुपातिक तर्फको सांसद उम्मेदवारको लागि २६ जनाको दाबी पेश भएको छ । जसमा अयोध्या प्रसाद चौधरी, रोउफ मोहम्मद जागा, देवकी कार्की, कुमारी सार्की, सूर्यबहादुर बटाला, सारदा देवी विष्ट, धर्मराज न्यौपाने, गोपाल बहादुर बम, भीमबहादुर थारु, रामशरण ढकाल, रंगाकुमारी भट्टराई, खड्क बहादुर बुढामगर, चन्द्राकुमारी धमाला, अनिता कुमारी चौधरी, भक्तबहादुर विश्वकर्मा, खडानन्द सापकोटा, टेकराज कठायत, रतिराम भट्ट, टेकबहादुर नामजाली मगर, भगवती प्रसाद ढकाल, शिवा थापा, विजया कार्की, काशीराम देवकोटा, विपतराम चौधरी, पार्वती बादी र नन्दाराम बादी गरी २६ जनाको दाबी पेश भएको हो ।
यसैगरी कैलाली क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा 'ख' मा प्रदेश सांसदको लागि १० जनाको दाबी पेश भएको छ । प्रत्यक्ष तर्फ प्रदेश सांसदको उम्मेदवारका लागि प्रदेश सभा 'ख' बाट तेज प्रताप मल्ल, भरत कुमार शाही, सुशील शाही,विजय बहादुर स्वाँर, सेरबहादुर भण्डारी, पदमराज रिजाल, दलवीर साउँद, बलबहादुर विष्ट, दिनेश भण्डारी र उत्तम जोशी गरी १० जनाको दाबी पेश भएको जनाइएको छ ।
यस्तै प्रदेश सभा 'ख' मा प्रदेश समानुपातिक तर्फको सांसद उम्मेदवारको लागि २० जनाको दाबी पेश भएको छ । जसमा वीर बहादुर डँगौरा थारु, उपेन्द्र बहादुर बम, ताराप्रसाद तिमिल्सैना, लालमनि जैशी, रीताकुमारी मुडभरी, टेकबहादुर सार्की, बालकुमार सुनार, ललित जोशी भट्ट, जङ्गबहादुर विश्वकर्मा, रङबहादुर सुनार, पदमसिंह ठकुरी, लोकेन्द्र बहादुर बडुवाल, बलिराम डगौरा थारु, बालचन्द्र कठरीया, खड्कबहादुर विश्वकर्मा, रामचन्द्र कठरीया, नृपबहादुर सुवर्णकार, दीपा बडायक, कर्णबहादुर चौधरी र लक्ष्मीदेवी शाही गरी २० जनाको दाबी पेश परेको छ ।
आगामी सङ्घ र प्रदेश सभाको निर्वाचनमा उम्मेदवारका केही आकाङ्क्षीले सङ्घ, प्रदेश र प्रत्यक्ष तथा समानुपातिकतर्फ दुबैमा दोहोरो उम्मेदवारी पेश समेत गरेका छन् । नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार सङ्घीय र प्रदेश सभाका लागि सकेसम्म क्षेत्रबाट सहमति गरेर उम्मेदवारको टुङ्गो लगाएर सहमतिको आधारमा नाम सिफारिस गर्ने नभए बढीमा प्रत्यक्ष वा समानुपातिक तर्फ २-२ जना पुरुष र १-१ जना महिला गरी प्रत्यक्षतर्फ सङ्घमा ३ जना, समानुपातिक सङ्घमा ३ जना प्रदेश सभाका लागि समेत त्यसै गरी ३-३ जना पठाउन परिपत्र गरिएको क्षेत्रीय सभापति ढकालले बताएका छन् । त्यसको विषयमा क्षेत्रले आज नै क्षेत्रीय बैठकमा छलफल गरी नाम केन्द्रीय समितिमा सिफारिस गर्ने बताएका छन् ।