arrow

जनप्रतिनिधिका सय दिनः चुनावी वाचा पूरा गर्दै मेयर बोगटी 

logo
दीपेन्द्र बस्नेत,  
प्रकाशित २०७९ भदौ १९ आइतबार
bhimdutta-nagarpalika-mayor-upamayor-2079.jpg

कञ्चनपुर । कञ्चनपुरको जेठो नगरपालिका भिमदत्तमा नव निर्वाचित मेयर पदम बोगटी नेतृत्वको स्थानीय सरकारले आफ्ना चुनावी वाचा कार्यान्वयनमा अग्रसरता देखाएको छ । 

चुनावका बेला घरदैलोमा जाँदा जनतासँग गरेका वाचाहरु पूरा गर्न मेयर बोगटीले जनकल्याणकारी कार्यक्रमहरुलाई अघि सारेका छन् । जस अन्तर्गत मेयर बोगटी र उपमेयर निलम जोशी नेतृत्वले  ७५ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकहरुको घरमै निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था नगरपालिकाद्वारा गर्ने कार्यक्रम ल्याएका छन् ।  

यसैगरी गर्भवती र सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । भिमदत्त नगरपालिकाका मेयर पदम बोगटीले भने जनताका आधारभुत आवश्यकताहरुलाई नगरका तर्फबाट सम्बोधन गरी नगरवासीहरुलाई सुविधा दिन लागेको बताएका छन् । 

उनले भने, ‘हामीले चुनावका बेला घरदैलो गर्दै गर्दा जनता संग गरेका वाचाहरु निर्वाचित भएसँगै पूरा गर्न बिपन्न तथा ७५ वर्ष उमेर भन्दा माथिका ज्येष्ठ नागरिकहरुको घरदैलोमै निःशुल्क स्वास्थ्य परीक्षण र गर्भवती तथा सुत्केरी महिलाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छौं ।’

जनताको स्वास्थ्य सेवालाई प्रभावकारी र सहज बनाउदै स्थानिय सरकार  जनताको अभिन्न अंग हो भन्ने ब्यबहारमै देखाउन भिमदत्त नगरपालिकाका तर्फबाट जनताका आधारभूत  कुराहरु पूरा गर्न सजग र क्रियाशील बनेको उपमेयर निलम जोशीले बताइन् । 

कञ्चनपुरको जेठो नगरपालिका भिमदत्तका नवनिर्वाचित जनप्रतिनिधिहरुको सय दिन पूरा भएको अबसरमा जनताका आधारभूत सेवाहरु प्रभावकारी बनाउन आफुहरु सक्रियताका साथ लागि रहेको मेयर बोगटी बताउँछन् । 

‘एम्बुलेन्सको भाडा तिर्न नसकेर घरमै सुत्केरी हुँदा कतिपय आमा र नवजात शिशुको मृत्यु भएको खबर पनि सुनिन्छन ।  तर अबको दिनमा भाडा तिर्ने पैसा नभएकै कारण कुनै पनि गर्भवती–सुत्केरी, महिला स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले एम्बुलेन्स सेवा निःशुल्क गरिदिएको छ’, नगर उपप्रमुख जोशीले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ