arrow

भिमदत्तका नवनिर्वाचित जनप्रतिनिधिका सय दिन : चुनावी वाचा पूरा गर्दै मेयर बोगटी 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७९ भदौ २० सोमबार
bhimdutta-nagar.jpg

कञ्चनपुर ।  काञ्चनपुरको जेठो नगरपालिका भिमदत्तमा नव निर्वाचित मेयर पदम बोगटी नेतृत्वको स्थानीय सरकारले आफ्ना चुनावी वाचा कार्यान्वयनमा अग्रसरता देखाएको छ । 

चुनावका बेला घरदैलोमा जाँदा जनतासँग गरेका वाचाहरू पूरा गर्न मेयर बोगटीले जनकल्याणकारी कार्यक्रमहरूलाई अघि सारेका छन् । जस अन्तर्गत मेयर बोगटी र उपमेयर निलम जोशी नेतृत्वले  ७५ वर्ष उमेर माथिका जेष्ठ नागरिकहरूको घरमै निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था नगरपालिकाद्वारा गर्ने कार्यक्रम ल्याएका छन् ।  यसै गरि गर्भवती र सुत्केरी महिलाका लागि नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । 

भिमदत्त नगरपालिकाका मेयर पदम बोगटीले भने जनताका आधारभूत आबश्यकता हरूलाई नगरका तर्फबाट सम्बोधन गरि नगरवासीहरूलाई सुविधा दिन हामी लागेका छौ ।  हामीले चुनावका बेला घरदैलो गर्दै गर्दा जनतासँग गरेका वाचाहरू निर्वाचित भएसंगै पूरा गर्न विपन्न तथा ७५ वर्ष उमेर भन्दा माथिका जेष्ठ नागरिकहरूको घरदैलोमै नि:शुल्क स्वास्थ्य परिक्षण र गर्भवती तथा सुत्केरी महिलाहरूका लागि नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको मेयर बोगटीले बताए ।  

जनताको स्वास्थ्य सेवालाई प्रभावकारी र सहज बनाउँदै स्थानीय सरकार  जनताको अभिन्न अङ्ग हो भन्ने बेबहारमै देखाउन भिमदत्त नगरपालिकाका तर्फबाट जनताका आधारभूत  कुराहरू पूरा गर्न हामी सजग र क्रियाशील बनेका छौ उपमेयर निलम जोशीले बताइन् । 

कञ्चनपुरको जेठो नगरपालिका भिमदत्तका नवनिर्वाचित जनप्रतिनिधिहरूको सय दिन पूरा भएको अवसरमा जनताका आधारभूत सेवाहरू प्रभावकारी बनाउन आफूहरू सक्रियताका साथ लागि रहेको मेयर बोगटी बताउँछन् । 

एम्बुलेन्सको भाडा तिर्न नसकेर घरमै सुत्केरी हुँदा कतिपय आमा र नवजात शिशुको मृत्यु भएको खबर पनि सुनिन्छन् ।’  ‘तर, अबको दिनमा भाडा तिर्ने पैसा नभएकै कारण कुनै पनि गर्भवती–सुत्केरी, महिला स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले एम्बुलेन्स सेवा निःशुल्क गरिदिएको नगर उपप्रमुख नीलम लेखक जोशीले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ