- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । राजनीति क्षेत्रमा विद्यार्थी जीवनकालदेखि लागिपरेका बुटवलका चर्चित अधिवक्ता कृष्णप्रसाद पोख्रेल उमेरले ठिक ५० वर्ष पुगे । अर्घाखाँचीको आदर्श माविमा कक्षा ९, सरस्वती मावि सुर्यथुममा कक्षा १० सम्मको अध्ययन सकाएर उच्च शिक्षा हासिल गर्नका लागि रुपन्देहीको बुटवल शहर झरेका अधिवक्ता पोख्रेल ०४८ मा बुटवल बहुमुखी क्याम्पसमा भर्ना भए ।
क्याम्पस पढ्न शुरु गरेदेखि कानुन सङ्कायमा जोडिएका उनी, अहिले बुटवलका प्रभावशाली अर्थात् चल्तापुर्जा अधिवक्ताको दर्जा बनाउन सफल भएका छन् । ०४९ सालमा बुटवल बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा सदस्यमा भिडेका पोख्रेल पराजित हुन पुगे । तर पनि उनी भन्छन्, राजनीति गर्नबाट हार खाईन, लागिरहे ।
०५३ सालमा स्ववियु इकाई सहसचिव, ०५५ सालमा इकाई सभापति हुँदै गर्दा ०५७ मा स्ववियु सभापति पराजित भएपछि पोख्रेलले इकाई सभापति पद हस्तान्तरण गर्दै, नेविसंघ रुपन्देहीको जिल्ला सदस्य भएको, ०६३ सालमा नेपाल वारको पुनरावेदन अदालत वारको सचिव पदमा निर्वाचित हुँदा पनि पार्टीका हरेक काम कर्तव्य र पार्टीले दिएको जिम्मेवारी कुशलता पूर्वक निभाएको अधिवक्ता पोख्रेलको भनाई छ ।
लामो समय देखि व्यावसायिक कानुन व्यवसायीमा रहँदा आएका अधिवक्ता पोख्रेल कानुन व्यवसायीहरू मध्येका अब्बल रूपमा परिचित छन् । उनै पोख्रेलको नाम आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि रुपन्देही क्षेत्र न–२ मा प्रत्यक्ष प्रतिनिधि सभा उम्मेदवारीका लागि सिफारिसमा परेको छ । कानुन संकायका धारा उप–धारा कण्ठ गरिसकेका पोख्रेल समाजशास्त्र विषयमा स्नातकोत्तर अध्ययन गरेका छन् ।
नैतिक तथा बौद्धिक क्षमतामा राम्रो करिअर बनाईसकेका उनी ०७८ भदौमा नेपाली काँग्रेसको महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए । ०७५ सालदेखि बिपी विचार राष्ट्रिय समाजको जिल्ला सचिवमा रहेर पार्टी भित्र रहेको गुटबन्दीलाई एकठिक्का बनाएर पार्टीलाई बलियो बनाउनु पर्छ भन्ने अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउन खटिएको अधिवक्ता पोख्रेलले बताए ।
०७४ सालमा भूमि आयोग रुपन्देहीको सदस्यमा मनोनीत भएको र सरकार फेरबदलका कारण ३ महिनामा मात्रै काम गरेको बताउँदै पोख्रेलले भने, हरि बहादुर आचार्यको नेतृत्वमा हामीले जिल्लामा रहेका वास्तविक सुकुम्वासीहरूको लगत सङ्कलन, जग्गा नाप जाँच र लालपुर्जा वितरण गर्ने अवस्थामा पुगेका वेला छोड्नु परेको जनाए ।
अधिवक्ता पोख्रेल थप्छन्, एउटै पदमा पटक–पटक दोहोरिने भनेको असफलता हो, सांसद बढीमा ३ पटक ,मन्त्री बढीमा २ पटक र प्रधानमन्त्री पनि वढिमा २ पटक भन्दा बढी हुन नपाइने नीति निर्माण गराउनुपर्छ र मात्रै नेतृत्व विकास हुन्छ । राजनीति व्यापार व्यवसाय नभई सेवाभाबले अगाडि बढाउनु पर्छ । ०७५ सालमा तत्कालीन ५ न– प्रदेश (हालको लुम्बिनी प्रदेश) नेपाली काँग्रेस संसदीय दलका नेता बलदेव पोख्रेल हुँदा कानुन सल्लाहकारमा नियुक्त भएको उल्लेख गरिएको छ ।
उनले भने, भ्रष्टाचार उन्मुलन र जनता निर्भर रोजगारी गभिलो विकासका लागि एउटै जनप्रतिनिधिलाई ३÷४ पटक जिताएर पठाउनु भनेको भ्रष्टाचार गर्नु र आसेपासेलाई मोटाउनु बाहेक अरू प्रगति नहुने भन्दै आगामी निर्वाचनमा नयाँ सक्षम अनुहारलाई जिताएर देशको नीति नियम सबैका लागि समान एवं विकृति र अपारदर्शी कार्यलाई नियन्त्रण गर्ने खालका उम्मेदवारलाई मत हाल्न आग्रह गरे ।
उनले उदाहरण दिँदै भने, झुम्सा खानेपानी अलपत्र योजना, कैयौं पुल– सडकहरूको निर्माण राज्यको फितलो नीति निर्माणले भौतिक प्रगति हुनुको साटो ठेकेदारले पैसा खाने तर काम नगर्ने प्रवृत्तिले बर्सेनि विनियोजित बजेट दुरुपयोग हुँदै गएको भन्दै आफू कानुनको विद्यार्थी भएकाले राज्यको नीति प्रभावकारी बनाउन र स्वास्थ्य– शिक्षालाई राज्यले निःशुल्क गराएमा ९० प्रतिशत भ्रष्टाचार निर्मूल हुने जिकिर गर्दै त्यसैका लागि आफुले उम्मेदवारी दिने सोचमा पुगेको स्पष्ट पारे । अधिवक्ता पोख्रेल गरिब तथा विपन्न वर्गहरूको मुद्दामा पैसा नभएकै कारण मुद्दा परेर अप्ठ्यारोमा परेकाहरूलाई सहयोग स्वरूप निः शुल्क कानुनी भूमिका खेलेर धेरैको मनमा बस्न सफल भएका छन् ।