arrow

नोबेलमा नयाँ विद्यार्थीलाई स्वागत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २१ मंगलबार
Nobel-Student-Welcome-Photo-12.jpg

विराटनगर । अध्ययनका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई कलेजले स्वागत गरेको छ । कलेज परिसरमा भब्य कार्यक्रम आयोजना गरेर एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ्ग, बिएनएस र बीपीटी संकायका विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।
    कार्यक्रममा नोबेल मेडिकल कलेजका प्राचार्य प्रा.डा.रामहरी घिमिरे, सहायक प्राचार्य प्रा.डा.रितु शर्मा बराल, अन्तर्राष्ट्रिय शैक्षिक निर्देशक डा.निरञ्जन कुमार, जेनेरल मेनेजर रुद्र प्रसाद शर्मा लगायतले विद्यार्थीहरुलाई अविर लगाएर कलेजमा स्वागत गरे । 

सो अवसरमा ‘ह्वाइट कोट सेरमोनी’ पनि गरियो । कलेजको तर्फबाट सबै नयाँ विद्यार्थीहरुलाई सेतो कोर्ट पहिराइयो । कलेजको नियम र पालना गर्नुपर्ने अनुशासनको बिषयमा कार्यक्रममा विद्यार्थीहरुलाई जानकारी पनि गराइएको थियो ।

सो अवसरमा बोल्दै प्राचार्य प्रा.डा.घिमिरेले चिकित्सा शिक्षाका लागि नोबेल मेडिकल कलेज मुलुककै उत्कृष्ट कलेजको रुपमा स्थापित भएको दावी गर्दै पढाईका लागि नोबेल रोजेकोमा विद्यार्थी र अभिभावकहरुलाई धन्यवाद दिए । 

मेहनत गरेर अध्ययन गर्न विद्यार्थीहरुलाई सुझाव दिँदै उनले राम्रो पढेमा विद्यार्थीहरुको भविष्य उज्ज्वल रहेको बताए ।

    कलेजका अन्तर्राष्ट्रिय शैक्षिक निर्देशक डा. कुमारले छोराछोरीलाई उत्कृष्ट शिक्षाका लागि बाटो देखाउने र सहयोग गर्ने अभिभावकहरुप्रति आभार व्यक्त गरे । जेनेरल मेनेजर रुद्रप्रसाद शर्माले पनि विद्यार्थीहरुलाई कलेजमा स्वागत गर्दै राम्रो मेहनत गरेर अध्ययन गर्न विद्यार्थीहरुलाई सुझाव दिए ।
    
नोबेलमा एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ्ग, बिएनएस र बीपीटी संकायमा १५९ विद्यार्थी भर्ना भएका छन् । नेपालका बिभिन्न जिल्लासहित छिमेकी मुलुक भारतवाट पनि विद्यार्थीहरु अध्ययनका लागि आएको नोबेलका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।
    नोबेलमा डीएम एमसीएच, एम्डी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस, बीपीटी, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ