- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । भदौ १८ गते राती रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न–११ सुखौरा हरियाली सामुदायिक वनको भुपु सैनिक नजिक जंगलमा घाटगद्दी गरी बिक्री गर्नलाई तयारी गरिएको करिब २ हजार ४ सय क्युफिट साल र असनाका काठका गोलियाहरु बाट सालको ५.८८ क्युफुट गोलिया काठ चोरी भयो । गोलिया चोरी भएपछि उक्त सामुदायिक वनको कार्यसमितिलाई टाउको दुखाइको विषय बन्यो ।
व्यवस्थित रुपमा राखिएको काठ चोरी भएपछि सोही वनको कार्यसमिति, लेखा समिति, वन समितिभित्र रहेको अनुगमन समिति, भलुही इलाका वन र महुवारी प्रहरी चौकी लगायतको टोली खोजीकार्यमा जुट्यो । तिलोत्तमा नगरपालिकामा रहेका फर्निचर एवं सः मिलहरुमा निरीक्षण गर्दा अन्ततः भदौ १९ गते दिउँसो २ बजेतिर तिलोत्तमा नगरपालिका वडा न–१७ जमुहानीस्थित रहेको रामजानकी सः मिलमा केही चिरेको र केही चिर्दै गरेको अवस्थामा चोरीमा संलग्न एकजना सहित चोरी भएको सालको काठ भेटियो ।
भागेका २ जनालाई खोजी गरेपछि फेला परेका तिन जना र सः मिलमा भेटिएको काठलाई उक्त समुहगत रुपमा खोजीकार्यमा जुटेको टोलीले डिभिजन वन कार्यालय भैरहवालाई जानकारी दिएको खोजीकार्यमा खटिएका तथा सुखौरा सामुदायिक वनका उपाध्यक्ष कुमार भट्टराईले बताए ।
उपाध्यक्ष भट्टराईले भने, डिभिजन वन कार्यालयबाट तिलोत्तमा क्षेत्र हेर्ने सूर्यप्रसाद मैनाली आउनुभयो उहाँलाई हामीले सः मिलबाट हाम्रो वनबाट चोरी भएको काठ र अन्य सो सः मिलमा भेटिएको अवैध काठ सहित चोरीमा संलग्न ३ जनालाई बुझाएको जनाए । उपाध्यक्ष भट्टराईले –हामीले यो काठ किन र कसरी यहाँ आईपुग्यो ? भनेर रामजानकी सः मिलका सञ्चालक मोहन चौधरीलाई सोध्दा म थिइन, मेरा कर्मचारीहरु थिए, उनीहरुले राखेछन्, यसबारेमा मलाई केही थाहा छैन भनेर गैरजिम्मेवार जवाफ दिएको बताए ।
यसबिषयमा रामजानकी सः मिलका सञ्चालक मोहन चौधरी संग बुझ्दा उनले भने, म त्यो दिन थिएन, बाहिर थिए । उद्योगमा म्यानेजर मेरा मिज्यु हुनुहुन्थ्यो । उहाँसँग मैले यस घटना वारेमा सोध्दा ती ३ जना केटाहरुले घरको काठ हो, खर्चको लागि ल्याएको भने, मैले काम गर्ने केटाहरु छैनन्, आज हुँदैन भन्दा पनि उनीहरुले आफै चिरेका हुन् भन्ने जवाफ दिनुभयो । चौधरीले भने, हाम्रो चिर्ने काम हो, मिलमा काठ आयो चिरेका हौं ।
यद्यपि गोलियामा टाँचा नलगाएको भए हामीले चिर्ने थिएनौं, टाँचा लगाएको हुनाले समितिबाट किनेर ल्याएको काठ होकी भनेर चिरेका हौं । तर, सञ्चालक चौधरीलाई तपाईको उद्योग बाट खोजीकार्यमा खटेको टोलीले थप अन्य अवैध काठ पनि बरामत गरेको छ भन्ने कुरा छ ? के हो सत्य भनेर सोध्दा उनले हाम्रोमा अवैध भन्ने हुँदैन, मेरो काठ नै करिब २ हजार क्यु फूट अझै पनि बक्यौता छ, त्यो टिपोर्ट जिल्लामा पनि रेकर्ड छ । हेर्न सकिन्छ ।
चोरीमा संलग्न भएका रोशन थारु, प्रेम थारु र मनोज थारु रहेको सो सामुदायिक वन कार्यालयले जनाएको छ । उनीहरु अन्दाजी करिव १८ बर्षदेखि २२ बर्षसम्मका रहेको वताईएको छ । चोरी गरिएको काठ र अन्य अवैध काठ भेटिएकाले युवालाई चोर्न लगाउने कुनै अन्य व्यक्ति भएको हुन सक्ने भन्दै डिभिजन वन कार्यालय भैरहवाले गम्भीर रुपमा अनुसन्धान गरी कानूनी कारबाही गर्न आग्रह गरिएको उपाध्यक्ष भट्टराईले बताएका छन् ।
उता, डिभिजन वन कार्यालय भैरहवाले सुखौरा हरियाली सामुदायिक वनलाई एउटा पत्र लेखेर तपाईहरुले कारबाही गर्नुहुन्छ कि हामीले गर्याैं भनेर निर्णय मागेका छौं । सामुदायिक वनले के कस्तो निर्णय पढाउँछ, सोही अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने बताएको छ ।