arrow

पढ्न हिँडेका बुटवलका तीन बालक भारतको केरलामा भेटिए 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २६ आइतबार
Butwal_Upamahanagarpalika.png

रुपन्देही । बुटवलबाट हराएका तीन बालक भारतमा भेटिएका छन् । तीन दिनअघि विद्यालय जान हिँडेका बालकहरू भारतको केरलामा भेटिएका हुन् । बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी विद्यालय जान भनी सँगै घरबाट निस्किका थिए । 

विद्यालयमा उनीहरू अनुपस्थित भएपछि परिवारजनले खोजी गरेका थिए । सम्पर्कविहीन भएकामध्ये समिर लम्सालका बुबा भारतमा रहेको र ती सबै बालक उनीसँग सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

“परिवारमार्फत बालकहरू सम्पर्कमा आएको खबर पाएका छौँ । अब बालकहरू आएपछि नै उनीहरू किन कसरी गए भन्ने कुरा थप अनुसन्धानपछि  खुल्छ”, प्रमुख केसीले भने । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ