arrow

अव्यवस्थित पार्किङ–फुटपाथ हटाउन बुटवल उपमहानगर भन्दा वडा तात्यो

logo
नारायण वली,
प्रकाशित २०७९ असोज २ आइतबार
received_748334586250881.jpeg

रुपन्देही । बढ्दो शहरीकरण संगै विभिन्न व्यावसायिक पसल, संस्था र व्यक्तिहरूका सवारीसाधन सडकमै पार्किङ गरेर राख्ने प्रवृत्तिले  दिनप्रतिदिन हुने दुर्घटना बढेको छ ।  सडकको संरचना पनि साँघुरो हुने भएकाले पैदल यात्री तथा सवारी आवागमनमा पनि जोखिम बढेको छ ।  

पछिल्लो समय पूर्वपश्चिम राजमार्ग अन्तर्गत राजमार्ग चौराह देखि रामनगरसम्म र सिद्धार्थ राजमार्ग अन्तर्गत योगिकुटी सम्मको अतिव्यस्त मानिने बुटवल उपमहानगर वडा न-१० वडाले अव्यवस्थित पार्किङ र फुटपाथ व्यवसायलाई हटाउन लागि परेको छ ।  
  
बुटवल उप-महानगरपालिका वडा नं.१० को कार्यालयले भदौ २५ गतेदेखि राजमार्ग चौराहदेखि जोतिकुटी चोकको सब-लेन बाटो, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र बुटवल मण्डब अगाडी कुनै पनि सवारीहरू पार्किङ गर्न निषेध लगाएको छ । 

उक्त निषेधित गरिएका सम्मेलन केन्द्र र मण्डप अगाडी यसभन्दा पहिले ठूला ट्रकहरूले आफ्नो आवासीय क्षेत्र बनाउँदै आएका थिए । अहिले सो क्षेत्रमा बुटवल उपमहानगरपालिका वडा न-१० लेखिएको “नो पार्किङ” स्ट्याण्ड बोर्ड लगाइएको छ ।

साथै वडाले नियमलाई नमान्ने जो कोहीलाई नियम अनुसार जरिवाना स्वरूप कारबाही गर्ने गरी विभिन्न सवारीहरूको जरिवाना शुल्क समेत तोकिएको वडा न-१० का वडाध्यक्ष बल बहादुर पुनले बताएका छन् । 

उनले भने, हामीले व्यवसायीहरूलाई कुनै पनि मालसामान लोड, अपलोड गर्नुपरेमा रातिको ८ बजे देखि बिहान ६ बजे सम्म गर्न आह्वान गरेको भन्दै, यद्यपि नियम विपरीत कार्य गरेको भेटिए जरिवाना सहित कानुनी कारबाही गर्ने जनाए ।

असोज १ गतेदेखि नियम लागू भएको जनाइएको छ । साथै वडाले सरसफाइलाई अभियानको रूपमा अगाडि बढाएर प्रत्येक महिनाको अन्तिम शनिवार वडा कार्यालयको अगुवाइमा सडक, टोल र व्यावसायिक क्षेत्रहरूमा सफाइ गर्ने उल्लेख छ ।

१ सय वटा नो पार्किङका स्ट्यान्डर्ड बोर्ड राखिएको र नियम उल्लङ्घन गरेमा मोटरसाइकललाई १ सय, ईरिक्सालाई २ सय, ढुवानी गाडीलाई २ सय जरिवाना तोकिएको छ । 

उता, बुटवल उपमहानगरपालिकाले केहि दिन अगाडि ३ दिनको सूचना जारी गर्दै सडक फुटपाथमा ठेला, बजार लगाउने र सडक मिचेर गराइएका कुनै पनि भौतिक संरचना हटाइने भने पनि तर उपमहानगरले सूचनामा निकालिएको कडा निर्देशन जस्तै काम गर्ने सकेको छैन ।



नयाँ