arrow

१६ वर्षे किशोरीको डुबेर मृत्यु 

logo
दीपेन्द्र बस्नेत,  
प्रकाशित २०७९ असोज २ आइतबार
drowning.jpg
तस्बिर – सांकेतिक ।

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका ५ स्थित सिमरी खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । आइतबार करिब साढे बाह्र बजेतिर माछा मार्न गएका बेला सिमरी खोलामा डुबेर सोही ठाउँकी १६ वर्षीया किशोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पुनर्वास नगरपालिका वडा नम्बर ५ सिमरीका बलराम रानाकी छोरी प्रेमवती राना रहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए । 

शव पोष्टमार्टमका लागि बेलौरीको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ । मृतक प्रेमवती गौरी शंकर माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ