arrow

पुनर्वासको दोदा किनारमा तीन शव 

logo
दीपेन्द्र बस्नेत, 
प्रकाशित २०७९ असोज २ आइतबार
dead2.jpg
तस्बिर – सांकेतिक ।

पुनर्वास । कञ्चनपुरको पुनर्वासमा पर्ने दोदा नदी किनारको उखु बारीमा पहिचान नखुलेका तीन जनाको शव फेला परेको छ । आइतबार अपरान्ह ४ बजेतिर लालझाडी गाउँपालिका १ मा पर्ने दोदा नदी किनारको उखुबारीमा दुईजना र पुनर्वास १० स्थित दोदा किनारमा एक जना गरी तीन जनाको शव सडेको अवस्थामा फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लका अनुसार उक्त फेला परेका शवहरु तत्कालका नभएर केही समय पहिलेका शवहरु भएको जानकारी दिए ।

‘भेटिएका शवहरु पहिचान गर्न नसकिने र सडेको अवस्थामा छन्’, मल्लले भने, ‘शवलाई के गर्ने भन्ने विषयमा जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई बोलाएका छौं, उनीहरु पुगेपछि यसको व्यवस्थापन गर्छौं ।’

 एउटा शवमा लुगा महिलाको जस्तो छ भने दुई शव कंकाल जस्तो अवस्थामा भएको प्रहरी निरीक्षक मल्लले बताए । बाढीले गर्दा यी शव देखिएको बताइन्छ । उनीहरु कहाँबाट बगेर आइपुगे भन्ने पत्ता लागेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ