arrow

संविधानको रक्षरस पालन गर्दै नागरिकता विधेयक ल्याएका हौंः गृहमन्त्री खाँण

logo
नारायण वली,
प्रकाशित २०७९ असोज १० सोमबार
grihmantri.jpg

रुपन्देही । कुनैपनि व्यक्तिलाई एउटा देशको पहिचान बाट वञ्चित गरेर उसले पाउने हरेक अधिकारबाट विहीन गराउनु सामान्य कुरा होइन । जो अन्य मुलुकमासमेत आफ्नो नागरिकलाई देशको पहिचानबाट टाढा बनाउन नहुने नियम छ ।

तर नेपालमा पछिल्लो समय उक्त विषय राजनीतिक उचारचढावका कारण पेचिलो बन्दै गएको बेला संविधानमा कुनैपनि नागरिकलाई देशको नागरिकता प्राप्त गर्ने कुराबाट वञ्चित गर्न नहुने बुँदा स्पष्ट रुपमा लेखिएको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । 

नागरिकता नहुँदा उच्च शिक्षादेखि प्रशासनिक कार्य गर्नबाट अधिकारविहीन हुन पुगेका नागरिकहरुलाई नागरिकता प्रदान गर्नका लागि हामीले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् ल्याएको नागरिकताको विषयलाई जस्ताको त्यस्तै विधेयकको माध्यमबाट ल्याएको भन्दै त्यसमा कुनै नयाँ नभएको बताए । 

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको पाँचौ स्थापना दिवसको अवसरमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै गृहमन्त्री खाँणले संविधानमा नागरिकलाई नागरिताविहीन गराउन नहुने कानूनको बुँदालाई कार्यान्वयन गर्नका निम्ति विधेयक बनाएर प्रतिनिधि सभा र राष्ट्रिय सभामा पारित गराई अन्तिम अनुमोदनका लागि राष्ट्रपति कार्यालयमा पठाईएको तर राष्ट्रपति बाट स्वीकार नहुनु देशका नागरिकमाथि गम्भीर नभएको प्रष्ट पारे ।

गृहमन्त्री खाँणले भने, “पूर्ववर्ती सरकारले अध्यादेश बाट ल्याएको नागरिता विषयलाई हामीले जस्ताको त्यस्तै विधेयकको माध्यमबाट अगाडि बढाएका हौं । अरु कुनै फरक छैन । संविधान अनुरुप छ ।” लाखौं लाख देशका नागरिकहरु अधिकारविहीन भएर कहिलेसम्म बस्ने, कहिलेसम्म राख्ने ? उसले रोजगारी तथा प्रशासनिक कुनैपनि कार्यबाट बञ्चित हुनुपर्ने यस्ता कारुणिक कथा जसले शिक्षा प्राप्त गर्नसमेत नपाउने जस्ता समस्यालाई समाधान गर्नका लागि विधेयक अगाडि बढाएका छौं, देशका नागरिकका लागि उक्त विधेयक पास गर्नुपर्ने तर्क गर्दै, देश र संविधान रक्षा गर्नेहरुले सुशासन कायम गरेर अगाडि नबढे मुलुकको विकास नहुने स्पष्ट पारे । 

नेकपा एमालेका नेता बालकृष्ण चापागाँईले पत्रकारिता जगतले विश्लेषणात्मक विषयका बारेमा कलम चलाउनु पर्ने बताए ।

कार्यक्रममा नागरिक दैनिक लुम्बिनी प्रदेश ब्यूरो प्रमुख तथा नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष रेखा भुसाल, नेपाल प्रेस अनलाइन पत्रिकाका पत्रकार रामप्रसाद आचार्य र लुम्बिनी विकास कोषका प्रेस विज्ञ एवं नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियारलाई नगदसहित सम्मान गरिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ