- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएका छन् । एन्फाको बुधबार बसेको विशेष साधारणसभामा भएको पुनः निर्वाचनबाट अधिकारी र धिमाल निर्वाचित भएका हुन् ।
निर्वाचित अधिकारी एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा समूहका हुन् भने धिमाल एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्बाङ समूहका हुन् । अधिकारीले ५४ मत प्राप्त गरे भने धिमालले ४७ मत प्राप्त गरे ।
सदस्यकै प्रत्याशी लोकन्द्र गुरुङले ४५ र दीपक थापाले सात मत प्राप्त गरे । यसअघि गत असार ६ गते सम्पन्न निर्वाचनमा १५ सदस्य निर्वाचित हुनुपर्नेमा १३ जनामात्र निर्वाचित भएका थिए ।
उक्त निर्वाचनमा चार जनाकै समान ३९ भोट आएको थियो जसको कारण दुई सदस्यको टुङ्गो लागेको थिएन । यी दुई सदस्य निर्वाचित भएसँगै एन्फाको २१ सदस्यीय कार्यसमिति पूरा भएको छ ।
यसअघिको निर्वाचनमा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित वरिष्ठ उपाध्यक्ष, चारजना उपाध्यक्ष र १३ सदस्य निर्वाचित भएका थिए ।