arrow

म्यादीमा झण्डै चार गुणा बढीको आवेदन

logo
रवीन्द्र यादव,
प्रकाशित २०७९ असोज १३ बिहिबार
mayadi-bharna.jpg

नवलपरासी पश्चिम । आसन्न ४ मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाल सरकारले नवलपरासी पश्चिमका लागि १२ सय ८१ जना म्यादी प्रहरी जवान माग गरे पनि साढे चार गुना भन्दा बढीले आवेदन दिएका छन् । सरकारले मङ्सिर देखि ६ असोजसम्म आवेदन दिन सक्ने गरी सूचना जारी गरेको थियो ।

 यस अवधिका नवलपरासी पश्चिम बाट ४ हजार ७ सय १९ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमध्ये नौ सय ९६ महिला रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब निरीक्षक तथा सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए । सोमबार शारीरिक तन्दुरुस्ती छनोट प्रक्रिया सकिएको थियो ।

उनका अनुसार म्यादी प्रहरीको कार्य अवधि तालिम सुरु भएदेखि ४० दिनसम्मको हुनेछ। त्यसका लागि मासिक ३० हजार दुई सय ४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ। प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत सात हजार दुई सय रुपैयाँ, पोसाक र अन्य खर्चका लागि ६ हजार रुपैयाँ, यातायात खर्चबापत एक हजार रुपैयाँ र बिमा सुविधा समेतको व्यवस्था गरिएको छ । 

लिखित परीक्षामा सहभागीहरूको नतिजा भोलिपल्ट प्रकाशन गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ भने फाइनल नतिजा यही २५ असोजमा सार्वजनिक गरिने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ