arrow

कांग्रेस मकवानपुरले टुङ्ग्यायो उम्मेदवार, गठबन्धन दलका यी हुन् साझा उम्मेदवार 

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ असोज २३ आइतबार
123.jpg

हेटौंडा ।  नेपाली कांग्रेसबाट मकवानपुरले आफ्नो उम्मेदवार टुङ्ग्याएको छ । मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाको नाम पक्का भएको छ ।

यस्तै प्रदेशसभा तर्फ मकवानपुर १ को (ख)मा नेपाली कांग्रेसका आनन्दराम पराजुलीले टिकट पाएका छन् । यस क्षेत्रमा जिल्ला सभापति बुद्ध लामा र पराजुलीको चर्चा थियो । 

त्यस्तै मकवानपुर क्षेत्र नम्बर २ को (ख)मा नेपाली कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका इन्द्रबहादुर बानियाँ उम्मेदवार बन्ने भएका छन् । यसअघि २०७४ को निर्वाचनमा पनि बानियाँ यसै क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

यो सँगै सत्तारुढ गठबन्धनको भागबन्डा अनुसार मकवानपुरमा उम्मेदवार टुङ्गो लागेको छ । गठबन्धनमा  मकवानपुर क्षेत्र २ मा प्रतिनिधि सभाका लागी नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले टिकट पाएका छन् भने मकवानपुर १ को (क)मा माओवादीका प्रेमबहादुर पुलामी (छिन्तु) र २ को (क) मा माओवादीकै कुमारी मुक्तानले  टिकट पाएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ