arrow

सैद्धान्तिक विचलनमा नेकपा एमाले, संविधान कुल्चिने ओलीलाई जनताले जवाफ दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २४ सोमबार
kp-oli-cp-mainali.jpg
फाइल तस्बिर

काठमाडौँ। सैद्धान्तिक भन्दा पनि व्यक्तिगत अहम् र महत्त्वाकाङ्क्षाका कारण विभाजित हुने कम्युनिस्ट टुटफुटको श्रंखला लामो छ। सबैभन्दा बढी सैद्धान्तिक विचलन भएको नेकपा एमाले अहिले पनि कुन बाटोमा लाग्ने भन्ने कुरालाई स्पष्ट रुपमा अङ्गाल्न सकेको छैन। आफूलाई कम्युनिस्ट आन्दोलनको मूलधारको रूपमा दाबी गर्दै आएको ‘एमालेले जनतालाई भ्रमित पार्नका लागि समाजवादको बाटो भने पनि उनी राजतन्त्र फर्काउने अभियानमा छन् भन्दा अस्वाभाविक हुँदैन। उनले आफू सत्तामा हुँदा गरेका गतिविधिहरूले पनि त्यस कुरालाई थप पुष्टि गर्छ।

एमालेले हरेक चुनावमा राजतन्त्र फर्काउन चाहने शक्ति राप्रपासँग गठबन्धन गर्दै आएको छ भने आफैँ पनि वैचारिक रुपमा स्पष्ट हुन सकेको छैन। यही सैद्धान्तिक विचलनै कारण भएको पार्टी विभाजनको शृङ्खला नेकपा एमालेका लागि नौलो भने होइन। झापा आन्दोलनको धारबाट विकसित हुँदै मुलुकको सबैभन्दा ठुलो र शक्तिशाली कम्युनिस्ट पार्टी विभाजन भएको एक वर्ष पूरा भएको छ। त्यस समय माधव नेपालले ओलीले पार्टीका नीति, विचार, सिद्धान्तहरूलाई लत्त्याएर निरङ्कुश, तानासाही बाटोमा हिँडेको आरोप लगाउँदै आएका थिए।

ओली र नेपालका तत्कालीन राजनीतिक सहयात्री समेत रहेका मालेका महासचिव सिपी मैनाली अहिलेको एमालेमा ओलीको अहम्ताका कारण विचलन आएको बताउँछन्। ओलीले ‘व्यक्तिगत स्वार्थ’ लाई बढवा दिँदै आएको कारण परिणाममा विचलन देखिएको उनले बताए। ‘व्यक्ति र गुटको स्वार्थ, सत्तामा पुग्ने र त्यसको दुरुपयोग गर्ने प्रवृत्तिले एमालेमा सङ्कट निम्त्याएको छ।  जनताको धेरै ठुलो समर्थन पाए पनि त्यसलाई उनीहरूले सदुपयोग गर्न सकेनन्,’ मैनालीले भने।

अब जनताले नेकपा एमालेलाई समर्थन गर्न नसक्ने र त्यसमा संविधान नै नमान्ने र संसदीय प्रणालीलाई ध्वस्त पार्ने अभियानमा लागेका केपी शर्मा ओलीलाई त जनताले निर्वाचन क्षेत्रमा नै पराजित गर्ने उनको तर्क छ।

राजनीतिक विश्लेषकहरूले ओलीमा लोकतान्त्रिक चरित्र नै नभएको टिप्पणी गर्ने गरेका छन्। त्यसै गरी यसअघि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले केपी सर्मा ओली कम्युनिस्टको वैचारिक कार्यदिशाबाट विचलित भएको बताएका थिए।

पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री बन्नकै लागि केपी शर्मा ओलीले प्रतिगमन र विसर्जनवादलाई अँगालेको पनि आरोप लगाए। समाजवादी क्रान्तिबाट नै सुखी नेपालको परिकल्पना गर्न  सकिने र यसको लागी कम्युनिस्टहरूले  सत्ताको नेतृत्व गर्नुपर्ने उनको जिकिर छ।

त्यसै गरी एमालेमा सैद्धान्तिक विचलन आएकै कारण पार्टी परित्याग गरेको घोषणा गर्दै नेता गंगााराम यादवले भने, 'एमाले पार्टी वैचारिक र सैद्धान्तिक रूपमा विचलनमा परेकोले पार्टी परित्याग गरेको हुँ। एमालेकै कारण लाखौँ मधेसीका सन्तानलाई नागरिकता वञ्चित हुन पुगेका छन्। आफ्नै देशमा नागरिकलाई नागरीबाट वञ्चित गर्ने पार्टीमा बसिरहने मेरो नैतिकता साथ दिएन र पार्टी परित्याग गरेको छु।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ