arrow

वर्तमान र भविष्यको साइबर स्पेस नियन्त्रण गर्न खोज्दै चीन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३० आइतबार
china-cyber-tech.jpg

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनमा सैन्य शैलीमा साइबर स्पेसमा सेन्सरशिप लागु गर्न खोजेका छन् । यसमा संलग्न थोरै मात्रै जानकारी भएको चाइना इलेक्ट्रोनिक्स टेक्नोलोजी कर्पोरेसन (सीईटीसी) को रहेको छ । शासन स्थायित्व सर्वोपरी भएकाले चिनियाँ कम्युनिस्ट पार्टीलाई खतरा महसुस गराउने जुनसुकै कुराले गम्भीर स्थितिको सामना गर्ने ठानिएको छ ।

चिनियाँ पेटेन्ट, राज्यको स्वामित्वमा रहेका उद्यमहरु, विश्वविद्यालयहरु र नीजि निगमहरुले राष्ट्रपति सीलाई इन्टरनेटमा आफ्नो बलियो पकड स्थापित गर्न मद्दत गरिरहेका छन् ।

यसका लागि सबैभन्दा अग्रपङ्तीमा रहेको इन्टरप्राइजेजका रुपमा राज्य स्वामित्वमा रहेको सीईटीसी सैन्य समुह रहेको छ ।  यसले हाइकभिजनका सीसीटिभी एवं अन्य डिजिटल प्रविधिको प्रयोग गरेर चीनभरी फेसियल रिकग्निसन र क्यामेरा अगाडि आउने मान्छेको पहिचान खुलाउनेदेखि जेसुकै कुरा चिन्न सक्ने निगरानीको विशेष क्षमता राख्छ ।

यस बाहेक यिनीहरुले साइबर स्पेसको खतरा पत्ता लगाउन सक्ने आर्टिफिसियल इन्टेलेजेन्सीसमेत बनाउँदै छन् । सीईटीसी नागरिक र सैन्य दोहोरो प्रयोगका लागि ख्यातीप्राप्त छ । सेनाका लागि खतरनाक उपकरणको विकास गर्ने सीईटीसी हुवावे र जेडटीई जसरी विश्वभर भने चर्चित छैन ।

यद्यपि, अष्ट्रेलियाली सरकारको कमनवेल्थ साइन्टिफिक एण्ड इन्डस्ट्रायल संस्थाका लागि काम गरेपछि यसमाथि चिन्ता बढ्न थालेको छ । सीईटीसी र यसको सब्सिडायरी हाइकभिजन चीनमा मात्रै नभएर हाइकभिजनले अमेरिकामासमेत १२ प्रतिशत बजार ओगटिसकेको एटलान्टिकमा प्रकशित रिपोर्टले उल्लेख गरेको थियो ।

सन् २०१९ मै हाइकभिजनका सबै क्यामेरा हटाइसक्न अमेरिकी संसदले निर्देशन दिएको भए पनि यो असम्भव बनेको छ भने कम्पनीहरुले यसका सामानहरु रिलेबल गरेर बेच्न थालेका छन् ।

इन्डो–प्यासिफिक सेन्टर फर स्ट्राटेजिक सञ्चारका विनुधरुनेशका अनुसार प्रविधिको व्यापक प्रयोग निगरानीलाई चिनियाँ राज्यले आफ्नो राष्ट्रिय सुरक्षा बलियो बनाउने माध्यमको रूपमा जायज ठहराएको छ । यसभन्दा बढी चिनियाँ कम्युनिस्ट पार्टीविरुद्ध कसैले आवाज उठाउन नसकोस्, आफ्नो सत्ता बलियो रहिरहोस् भन्ने र मानिसहरुको धारणा बदल्न नदिनेलगायतका अन्य उद्देश्यसमेत साइबर स्पेसको नियन्त्तण अन्तर्गत रहेका छन् ।

यस्तो चिनियाँ हर्कतले अन्य देशलाई भने सुरक्षा खतरा हुने देखिएको छ । सीईटीसीले कयौं संस्थान र इन्टरप्राइजेजको नियन्त्रण गर्छ भने यो आफू सीसीपीका लिडरसिप तहका अधिकारीहरुको नियन्त्रणमा रहन्छ ।

यस बाहेक यो कम्पनी सीनजियांगमा उइगुर मुस्लिमहरमाथि निगरानी राख्नका लागिसमेत प्रयोग भएको छ भने यसले मानवअधिकार विरोधी गतिविधि सञ्चालनमा ल्याएको छ । राज्य स्वामित्वमा रहेको टेन्सेन्टद्वारा समर्थित अर्काे टुया कम्पनीले पनि १० करोड प्राविधिक उपकरणहरु कयौं नागरिकहरुको निगरानीका लागि विश्वभर पठाएर प्रयोग गरिरहेको छ ।

टुयाले चीनमै सर्भर रहेको नेटवर्क कनेक्सनसमेत उपलब्ध गराएको छ । यस्तै कम्पनीले प्रारम्भिक चेतावनी रोकथाम र पर्यवेक्षण क्षमताहरु र साइबर स्पेस नियन्त्रण क्षमताका परियोजनाहरु अघि सारेको छ । सीईटीसीले नयाँ निगरानी प्रणालीका तीन पेटेन्टसमेत दर्ता गराएको छ । जसमा प्रारम्भिक चेतावनी संयन्त्र, अटोमेटिक कार्य र दृष्याकरण रहेका छन् ।

यसरी चीनले सीईटीसीका उपकरणहरु प्रयोग गरेर मानिस र सैन्य समायोजनसहित खतरनाक साइबर स्पेस कन्ट्रोलको पूर्ण सक्रिय र शक्तिशाली प्रविधि विकास गरिरहेको छ । यसले चीनले कुन किसिमको युद्ध रणनीति र योजनाको विकास गरिरहेको छ भन्ने प्रश्नसमेत उब्जाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ