arrow

सीमा अतिक्रमणबाट पीडित बन्धु रानाको प्रदेशसभा सदस्य बन्ने दौड

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
bandu-rana.jpg

कञ्चनपुर ।  ५७ वर्षीय बन्धु राना भारतीय सीमा अतिक्रमणका पीडित पनि हुन । २०६० सालमा नेपाल-भारतको सिमाना छुट्टाउने स्तम्भ आफ्नै बारीमा एकाएक गाडिए पछि उनी लगायत पुनर्वासका  दर्जनौँ स्थानीय सीमा अतिक्रमणबाट पीडित बनेका छन् ।  अहिले तिनै बन्धु राना सत्तारुढ दलहरूको लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारका रूपमा कञ्चनपुर १ को प्रदेश १ बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार बनेका छन् । 

उनी मूलतः नेपाली कांग्रेस कञ्चनपुरका पुराना त्यागी नेताका रूपमा परिचित छन् । २०३६ साल देखि नेपाल विद्यार्थी सङ्घको छात्र राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

बुबा छेदालाल राना र आमा जोगनिया रानाको कोखबाट २०२२ सालमा जन्मिएका बन्धु २०४६ सालमा प्रजातन्त्र पुनर्बहाली पश्चात् २०४९ मा भएको निर्वाचनमा नेपाली कांग्रेसबाट  साबिक परासन गाविस वडा नम्बर ९ को वडा अध्यक्ष निर्वाचित भएका थिए । 

२०५४ सालमा भएको स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट साबिक परासन गाविसको उपाध्यक्ष पदमा चुनाव लडेका थिए । अविचलित नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बन्धु राना २०४८ देखि धेरै पटक महाधिवेशन प्रतिनिधि रही सकेका छन् । १३ औं महाधिवेशनबाट उनी नेपाली कांग्रेसको जिल्ला कार्य समिति कञ्चनपुरको उपसभापति रही सकेका छन् ।

राजनीतिका पुराना यी बन्धु राना यतिबेला प्रदेश सभा सदस्य बन्ने दौडमा छन् । आदिवासी जनजाति राना थारु समुदाय माझ लोकप्रिय रहेका बन्धु सीमान्तकृत समुदायको समस्या समाधान र न्यायोचित विकासको सिस्टम बसाल्न आफ्नो पहल कदमी रहने बताउँछन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश २ हेर्दा सुगम देखिए पनि जनताले भोग्दै आएका पीडा भने विकराल रहेको उनी बताउँछन् । 

सीमा विवाद, दोदा नदीको बाढी , डुबान लगायतका थुप्रै समस्याहरूबाट यस क्षेत्रका जनता पीडित छन् । यिनै जनताका पिडाहरूको समाधानका लागि प्रदेश सरकारका माध्यमबाट केन्द्र सरकार समक्ष आवाज उठाउँदै कूटनैतिक रूपमा सीमाको विवाद सल्टाउन आफ्नो उम्मेदवारी रहेको बताउँछन् । दोदा नदीको बाढी नियन्त्रण गरि जनताको पीडा कम गर्न गुरु योजना बनाएर स्थायी हलका लागि आवाज उठाउनका निम्ति आफ्नो उम्मेदवारी रहेको उनको भनाइ रहेको छ । 

प्रस्ट धारणा राख्ने कांग्रेस नेता बन्धु राना हक्की र खरो स्वभावका रूपमा परिचित छन् । इमान , निष्ठा र सादगी पूर्ण नेताका रूपमा बन्धु रानाको कञ्चनपुरमा पहिचान बनेको छ । सत्तारुढ दलहरूको लोकतान्त्रिक बाम गठबन्धनको साथ पाएका प्रदेशसभा सदस्य पदका उम्मेदवार बन्धु राना एउटा अविचलित योद्धा हुन नेपाली कांग्रेसका ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ