arrow

दोलखामा गठबन्धन आवश्यकता कि बाध्यता ?

logo
हिरण्यराज  उप्रेती, 
प्रकाशित २०७९ कार्तिक २८ सोमबार
hirandyaraj-uprety-dolakha-congress.jpg

मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुन अब केही दिनमात्र बाँकी छ । जब सरकारले चुनावको मिति तोक्यो तब देशका सबै जिल्लामा पार्टीहरुले आफ्ना उम्मेदवारहरुको मनोनयन दर्ता गरे । मनोनयन दर्ता हुँदै गर्दा देशभरि गठबन्धन तथा अन्य दलले आफ्नो उम्मेदवारी प्रस्तुत गरे । सोही क्रममा  नेपाली कांगेस, नेकपा माओवादी केन्द्र तथा एकीकृत समाजवादी लगायतका दलहरुले साझा उम्मेदवार खडा गरेका छन् । गएको स्थानीय चुनावदेखि नै साझा उम्मेदवार प्रस्तुत गरिरहेका उनीहरुले यसपालि पनि गठबन्धनलाई निरन्तरता दिएका हुन् । 

यो हुनुको कारण अघिल्लो संघीय र प्रदेश चुनावमा शक्तिशाली बाम पार्टीहरुको एकल सरकार थियो र त्यसको नेतृत्व केपी शर्मा ओलीले गरेका थिए । उनको व्यक्तिगत अहम् र इतिहासमै म जति शक्तिशाली कोही छैन भन्ने घमण्डी सोचको कारणले उक्त सरकार ३ वर्ष र केही महिना टिकेर विघटन भएको थियो । त्यसपछि लगत्तै लोकतान्त्रिक वाम गठबन्धन सरकारको नेतृत्व नेपाली कांग्रेसका  सभापति शेरबहादुर देउवाले गरेका थिए । 

करिब दुई वर्ष अगाडिदेखि नै मुलुकमा लोकतान्त्रिक वाम गठबन्धनको आवश्यकता पूर्ण रुपमा महसुस हुँदै मुलुक त्यस गठबन्धनको बाटोमा अगाडी बढेको थियो । सोहीअनुसार मुलुकमा नेक एमालेले निम्त्याएको अस्थिरता, गैरकानूनी  राज्य र गैरप्रजातान्त्रिक सोच चिन्तन र सोही अनुरुपको कार्यको अन्त्यका लागि लोकतान्त्रिक वाम गठबन्धनको आवश्यकताले सरकारको पूर्ण निरन्तरता, स्थानीय चुनावमा गठबन्धन हुँदै  संघीय र प्रदेश सभासहित गठबन्धन राष्ट्रिय रुपमा अगाडि बढेको छ । 

साथै त्यसको निरन्तरता दोलखाको संघीय र प्रदेश सभालेसमेत पाएको छ । दोलखामा संघीय र प्रदेश सभामा गठबन्धनले उम्मेदवारी प्रस्तुत गर्दा यो  आवश्यकता हो कि बाध्यता भन्ने विषयमा दोलखाको सबै तह र तप्कामा विचार विमर्श चलिरहेको छ । 

यो पंक्तिकारले पनि यही विषयको सेरोफेरोमा रहेर केही विचार प्रस्तुत गरेको छ । यही जिल्लामा जन्मी हुर्की बढेको हुँदा पनि यो जिल्लाको विषयमा केही सत्य तथ्य प्रस्तुत गर्न उचित र आवश्यकता सम्झी २०४६ पछि हालसम्ममा दोलखाको जनअनुमोदित पार्टी र त्यो पार्टीले गरेका सामाजिक, आर्थिक, शैक्षिक, कृषि तथा हाइड्रोसँग सम्बन्धित पक्षको विविध पाटो केलाउने प्रयास गरिएको छ । 

२०४८ देखि २०७४ सालसम्मको संघीय चुनावमा एकपटक एक क्षेत्रमा नेपाली काँग्रेस, १ पटक दुवै क्षेत्रमा नेकपा माओवादी केन्द्र र बाँकी सबै समय जनअनोमोदित हुने अवसर दोलखाली जनताले नेकपा एमालेलाई दिए । साथै स्थानीय चुनावमा २०७९  बैशाखको चुनावको परिणाम नगन्दा १ पटक नेपाली कांगेस र बाँकी २ पटक  नेकपा एमालेले जनअनोमोदित हुने अवसर दोलखाली जनताले दिएका छन् । 

राम्रो मन्त्रालयमा मन्त्री हुने अवसर पनि पटक पटक नेकपा एमाले दोलखाको प्राप्त भएको हो । यसरी  ३० वर्षमा अधिकांश समय नेकपा एमालेले शासन गर्दै गर्दा दोलखाली जनताको सामाजिक, आर्थिक, शैक्षिक, वातावरणको क्षेत्रमा कति प्रगति भयो वा कति सन्तुष्ट हुन सक्ने काम एमाले दोलखाले गर्यो । त्यसको अब निर्मम रुपमा समीक्षा र बहस दोलखाली जनताले गर्न थालेका छन् ।

यसरी हेर्दा केही कर्मकाण्डी पाराको बाहेक कुनै क्षेत्रमा चित बुझ्दो विकास तत्कालीन जनताले पत्याएको पार्टी एमालेबाट हुन सकेको देखिँदैन । यसको लागि हामीले अपर तामाकोशीलाई हेरे पुग्छ । संचय कोषमा संचयकर्ताले अपर तामाकोसीको शेयर ५०० कित्ता हाराहारीमा पाउने, दोलखालीले ३३ कित्तादेखि ४८ कित्तामा चित बुझाउनु पर्ने । साथै पछिल्लो समयमा मुडेदेखि चरिकोटसम्मको सडकको बेलामा ठेक्का लागेको काम हुँदै गर्दा एमाले दोलखाका नेता संचार मन्त्री थिए । उनले निर्देशनसम्म दिन सकेनन् । करिब ७ वर्ष अति दुःखका साथ सकसपूर्ण यात्रा गर्नु पर्यो । 

यी  त प्रतिनिधि घटना मात्र हुन् । ३० वर्षको कथा र ब्यथा सबै कुरो यो लेखमा अटाउन सम्भव छैन । ३० वर्ष सबैभन्दा बढी प्रगति दोलखाली नेताको भयो कि दोलखाको भन्ने कुरा प्रष्ट छ । यही परिस्थितिका कारण मंसिर ४ गतेको संघीय र प्रदेश सभाको निर्वाचनका लागि भएको लोकतान्त्रिक वाम गठबन्धन आवश्यकता हो भन्ने प्रमाणित भएको छ ।

विगत ३० वर्षसम्म  नेकपा एमाले र त्यस पाटीीका वडाध्यक्षदेखि मन्त्रीसम्मले जननिर्वाचित भएर गरेको कामको बस्तुनिष्ठ, तथ्य र सत्यमा आधरित भएर विश्लेषण गर्ने हो भने दोलखामा संघीय र प्रदेश सभामा गठबन्धन साँच्चिकै आवश्यकता र समयको माग तथा  दोलखा जिल्लाको मुहार र काँचुली फेर्न आवश्यकता नै हो भन्ने ठहरमा पुग्न सकिन्छ ।

अहिले गठबन्धनबाट उम्मेदवार भएका संघीय सांसद गंगा कार्की (विश्व) लाई हेर्ने हो भने विद्यार्थीकालदेखि अहिलेसम्म निरन्तर निष्ठाको राजनीति गरेका नेता । त्याग, सामाजिक ‘स्पिरिट’ लगायतको सम्पूर्ण गुणले युक्त छन् । प्रदेश १ (क) का उम्मेदवार कुन्दन काफ्ले होश तथा जोश दुवैले भरिपूर्ण, विद्यार्थी जीवनदेखि राजनीति गर्दै नेविसंघको महामन्त्रीसम्मको जिम्मेवारीका साथै नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत हुन् । त्यसैगरी प्रदेश २ ख सांसद बर्मा लामा निरन्तर चार दशकदेखि जिल्लामा रही दोलखाली जनताको सबै खालका विकासमा संलग्न भएका व्यक्ति । हाल उनी नेपाली कांग्रेस दोलखाको पार्टी सभापति पनि हुन् । (लेखक दोलखा–काठमाडौं लोकतान्त्रिक बाम गठबन्धन सम्पर्क समन्वय समितिका सदस्य हुन्) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ