प्रधानमन्त्री देउवा धनगढीमा, बुधबार डडेल्धुरा र बैतडीमा सम्बोधन गर्ने
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २९ मंगलबार
1k
Shares
सुदूरपश्चिम । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज साँझ धनगढी आइपुगेका छन् । गृह जिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका प्रधानमन्त्री देउवा धनगढीस्थित निजी निवासमा आइपुगेका हुन् ।
प्रधानमन्त्री देउवाले आज देशका विभिन्न ठाउँका चुनावी सभालाई सम्बोधन गरेका थिए । उनले बुधबार डडेल्धुरा र बैतडी, बिहीबार अछाम र कञ्चनपुर जिल्लामा हुने चुनावीसभामा सहभागी हुने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
यसअघि प्रधानमन्त्री यही कात्तिक १७ गते सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका लोकतान्त्रिक–वाम गठबन्धनका चुनावी सभामा सहभागी भई कात्तिक २४ मा काठमाडौँ फर्किएका थिए ।